विप्लव नेतृत्वको नेकपाले कोरोनाको सन्त्रासबीच आफ्ना कार्यकर्ता गिरफ्तार गरेकोमा घोर विरोध एवं भत्र्सना गरेको छ ।

नेकपा जनकपुर ब्युरोले सिन्धुलीमा प्रहरीले अन्धाधुन्ध गोली चलाएर आफ्नो पार्टीका ८ जना कार्यकर्तालाई गिरफ्तार गरेको भन्दैं ती गिरफ्तार नेता कार्यकता रिहा गर्न चेतावनी दिएको छ।

साथै अरुणले विज्ञप्तिमा आफ्नो पार्टीले शिक्षकलाई अपहरण गरेको भन्ने सार्वजनिक अभिव्यक्ति कपोलकल्पित भएको भन्दै शिक्षक अपहरण गर्ने कार्य आफ्नो पार्टीको नीतिविपरीत रहेको पनि स्पष्ट पारेका छन् ।

साथै उनले गिरफ्तार कार्यकर्तालाई बिनाआधार र बिनाप्रमाण झूट्टा मुद्दामा फसाउने षड्यन्त्र भैरहेकाले त्यसलाई तत्काल रोक्न तत्काल सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउँदै बिनासर्त रिहा गर्न सरकरसँग माग गरेका छन् ।

सिङ्गो देश कोरोना भाइरसले आक्रान्त भैरहेको बेला सत्ताधारी सामाजिक दलाल पुँजीपति सरकार रोगको उपचार र नियन्त्रणमा ध्यान दिनुको सट्टा भ्रष्टाचार, घूसखोरी, कमिसनको खेल, दमन तथा गिरफ्तार गर्ने काममा लिप्त भएको अरुणको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार