
म यो व्यवस्था मै पनि लोकसेवा लड्न तयार छु, राष्टिय सभामा म पनि जान चाहान्छु, देश बनाउनका निम्ति यदि राष्टिय सभामा वामदेवको खाचो हो भने, यदि वामदेवबिना नै यो सरकार अपुरो भएको हो भने,
वामदेवसङ्ग रास्ट्र निर्माणको खाका के छ ? कहाँ छ त्यो अल्गोरिदम र फ्लोचार्ट ? खै त्यो नीति योजना कार्यक्रम ? खै त्यो निर्देशिका जसमा यो देशको खाका कोरेको होस् ।
उनी भन्दा म कयौं गुणा योग्य छु ।
मैले ७६१ ओटै स्थानीय सरकारमा जनतन्त्र र जनजीविकाको सबाल मात्रै हैन त्यसको डिपिआर कोरेर पठाएको छु ।
त्यो समाजवादको प्ररम्भिक आधार बन्न सक्नेछ, प्रधानमन्त्री ज्यु, तपाईंको सचिवालयलाई समेत मैले आफ्नो बोधार्थ पठाएको थिए, तपाईंले पाउनुभएन मलाई थाहा छ ।
किनकि त्यहाँ तपाईंका आसेपासे, बिचौलिया र ठेकेदार मोटाउने कुनै सम्झौता थिएन, यति कमिसन आउछ भन्ने कुनै प्रतिबद्धता थिएन, यतिको सेटिङ्गमा यति फाईदा भन्ने हिसाबको फाईल थिएन,
त्यहाँ समानताका आधारमा राज्य संरचनाका आधारमा विकेन्द्रीकरण राज्यको सेवासुविधाको वितरण प्रणाली थियो, त्यो वैज्ञानिक समाजवाद उन्मुख थियो, त्यसैले न तपाईं न तपाईंको सचिवालय न दलाल भ्रष्ट र कमिसन र घुस्याहाका घेराभित्र रहेका तपाईंका स्थानीय सरकार कसैले हेर्न त के सुन्न समेत तयार थिएनन् ।
प्रधानमन्त्री ज्यु,
आज देशका लागि आबश्यक सांसद, मन्त्री योग्यता दक्षता र क्षमता भएका खोजिरहेको अबस्था हो, म पनि यो देशको नागरिक हो, म पनि कम्युनिस्ट पार्टी कै कार्यकर्ता हो ।
तर वामदेव भन्दा म हजारौं गुणा योग्य छु, म ३५ वर्षको जुझारु युवा हु, वामदेवले भन्दा बढी पढेको छु, अझै सुन्ने हिम्मत राख्नुस वामदेवको भन्दा बढी राजनीतिक अनुभव छ ।
किनकि मैले मोहन विक्रमसिंहदेखि आजका युवा क्रान्तिकारीको नेता विप्लवसम्मको स्कुलिङ्ग पाएको छु । क्रान्ति देखेको छ, उच्च तहमा रहेका राजनीतिक पात्रहरु चिनेको छु, तिनीहरुको प्रवृत्ति हेरेको छु, आफैंले फेरेको व्यवस्थाम आफैं रुदै हिड्नु परेको पीडित अनुहारहरु देखेको छु, हरेक उमेरको एकखण्डमा नयाँ युगको खुड्किलो टेकेको छु ।
म टेस्टेड लिडर हैन मसङ्ग नयाँ ताजा जोश र जाङ्गर छ, देश बनाउने सपना छ, असम्भव वस्तुको समेत आफ्नै देशमा उत्पादन गर्ने दृढता छ, उत्पादन असम्भव वस्तु मात्रै आयातित गरेर नेपालको अर्गानिक उत्पादन निर्यात गर्ने प्लान छ ।
४७ साल अघिका उच्च अहोदाका र पछिका सबै रास्ट्रसेवक र सबै नागरिक को तथ्यांक डिजिटलाईज प्रबिधि मा राख्ने र अवैंध सम्पत्ति सिधै राष्टियकरण गर्ने प्रणालीको विकास गर्ने क्षमता छ ।
भड्किलो चुनाव, केन्द्रीकृत-अधिनायकवाद-दलाल पुँजीवादी-साम्राज्यवादी ठेकेदार-भ्रष्ट व्यवस्थालाई ध्वस्त बनाएर जनताको सत्ता स्थापना गर्ने नयाँ विकल्प छ ।
धर्म, जात, पेशा, वर्ग, लिङ्ग, क्षेत्र र पहुँचमा आधारित वितरण प्रणाली ध्वस्त पारेर समानताको वितरण प्रणालीको विकास गर्ने कोड अफ कन्डक्ट छ ।
यति कुरा तपाईंसङ्ग पनि छ, र कार्यन्वयन गर्ने क्षमता राख्नु हुन्छ भने म तपाईका लागि यो पद छोड्न नि तयार छु, किनकि मैले थिति र प्रणाली खोजिरहेको छु जसले सिङ्गो मानव जातिको रक्षा गर्न सकोस, राज्य प्रणालीका हरेक बितरण समानताका आधारमा हुन सकोस् ।
नत्र उहीँ पुरानै हैकमवादी सरकार भड्किलो रवाफ, भ्रष्ट र कमिसनखोरको सर्कल, बोचौलियाका ठेकेदार बन्ने तपाईंलाई न बधाई न शुभकामना, खबरदारी रहने छ, जनताको सत्ता आएको बखत तपाईं का छोराछोरी र आफ्ना आफन्त ले अहिले तपाईं ले गर्नु भएको एक एक बिचलन को हिसाब चुक्ता गर्नुपर्ने छ, यो कुराको हेक्का राखेर कार्य सम्पादन गर्नुहोला ।
मैले यो पुस्तालाई विवेकको नेतृत्व दिन सकिन तपाईंहरु जस्तो पदिय लोलुपता र भागबण्डा मिलाउने मिलेरावादको झुंडलाई कम्युनिस्टहरु भनिरहे भने आउने पुस्ताले मलाई के भन्लान् ?
मैले के जबाफ दिने भन्ने कुरामा म सचेत छु, सचेतनाको आगो ओकलिरहने छु । धन्यवाद ।







