विप्लव नेकपाले कोरोना सङ्कटको बेला बैङ्क तथा वित्तीय संस्थाहरूले व्यवसायी तथा ऋणीहरूबाट किस्ता, ब्याज र हर्जनासमेत असुल गर्न ताकेता गर्ने र घरमा पुगेर मानसिक दबाब दिने काम तत्काल रोक्न चेतावनी दिएको छ ।

विप्लव नेकपा रूपन्देहीले बैङ्क तथा वित्तीय संस्थाहरूको यस्तो हर्कतले व्यवसायी तथा ऋणीहरू घरपरिवार र समाजबाटसमेत पलायन हुनुपरेको भन्दैं त्यस्ता हर्कत रोक्न चेतावनी दिएको हो ।

विप्लव नेकपा जिल्ला सेक्रेटरी प्रभातद्धारा जारी विज्ञेप्तीमा कोरोना कहरको बेला जनताको गाँस, बास, कपास, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताहरू राज्यले पूरा गर्नुपर्ने दायित्वबाट पन्छिएर केपी वली नेतृत्वको सरकारले उल्टै उठीबास पार्ने कार्य गर्नु निन्दनीय र खेदजनक रहेको भन्दै यस्तो हर्कत तत्काल बन्द गर्न चेतावनी दिइएको छ ।

विज्ञप्तीमा भनिएको छ –

‘कोरोना सङ्कटको भयावह स्थितिमा श्रमजीवी जनतालाई गाँस, बास, कपास, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता राज्यले पूरा गर्नेपर्ने दायित्वबाट पन्छिएर उल्टै धम्की दिने र उठीबास पार्नेजस्ता घृणित हर्कत गर्नु निन्दनीय र खेदजनक रहेको छ । बैङ्क तथा वित्तीय संस्थाले श्रमिक जनतामाथि गरेको यस्तो व्यवहारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ र आगामी दिनमा यस्ता घटनाहरू नरोकिए जनस्तरबाट प्रतिरोध गर्ने र त्यसको प्रतिफल भोग्न तयार रहन सम्बन्धित निकायलाई जानकारी गराउँछौँ’।

यस्तै कोेभिड १९ को बहाना बनाई अत्यावश्यक सामानको नक्कली अभाव उत्पन्न गराई महँगो भाउमा व्यापार गर्ने दलाल, कोभिड १९ का नाउँमा अथाह रकम हिनामिना गर्ने, नक्कली बिलभर्पाई र कमिसनको भरमा फस्र्योट गर्ने नगरपालिका र गाउँपालिकालाई समेत कारबाही गरिने नेकपा रूपन्देहीले बताएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार