विप्लव नेतृत्व नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दले एमबीबीएस उतिर्ण गरेका छन् र अब उनी डाक्टर बनेका छन् ।

उनले नेपाल मेडिकल काउन्सिलले हालै लिएको परीक्षा उत्तिर्ण गरेका हुन् । चन्दलाई गत मंसिरमा काउन्सिलले लिएको परीक्षामा सहभागी हुनबाट बञ्तित गरिएको थियो । मेडिकल माफियाविरुद्ध डा. चन्दले संघर्ष र आन्दोलनको नेतृत्व गरेका थिए ।

चन्दले काउन्सिलको परीक्षा पास गरेपछि उनलाई मेडिकल माफियाविरुद्धको संघर्षमा साथ दिइएकी सहकर्मी मान्यता थापाले बधाई र शुभकामना दिएकी छिन् ।

मान्यताले सामाजिक सञ्जालमा फेसबुकमार्फत प्रकाश चन्दलाई बधाई दिएकी हुन् ।

यस्तो छ मान्यता थापाको फेसबुक स्टाटस –

”मङ्सिरमा मेडिकल माफिया विरुद्धको सङ्घर्ष र माफियाले रचेको पेस्तोल षडयन्त्रका कारण NMC license exam दिन नपाएर अहिले कोरोना को अन्यौलग्रस्त स्थितिमा भएकोे ऊक्त परीक्षा उत्तीर्ण गर्नु भएकोमा डा.प्रकाश चन्दलाई हार्दिक बधाई अनि धेरै धेरै शुभकामना । पढाई र संघर्षलाई अनुशासित ढंगले संचालन गर्ने हो भने दुबई कुरा नबिगारि अगाडि बढ्न सकिन्छ भन्ने अफ्नो विचार सही सावित गर्नुभएको छ। आफ्नो ज्ञान सदैव गरिब र दुःखी जनताको निम्ति समर्पण गर्ने चाहाना सदैव पूरा भैराहोस ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार