
निकैं विवादित बनेको अमेरिकी परियोजना एमसीसीलाई पारित गर्न सत्ताधारी नेकपाका दुई अध्यक्ष तयार भएका छन् । यी दुई अध्यक्षले केपी शर्मा ओली र प्रचण्ड एमसीसी परिमाजर्न र संशोधन नगरी पारित गर्न नहुने निष्कर्षमा पुगेका छन् ।
ओली–प्रचण्डले अन्तिम रूप दिएर स्थायी कमिटीमा पेस गर्न तयार पारिएको प्रस्तावमा एमसीसी सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने उल्लेख छ ।
ओली–प्रचण्डले तयार पारेको प्रस्तावमा झलनाथ खनाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने उल्लेख छ ।
प्रस्तावमा भनिएको छ –
“नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कर्पाेरेशनबीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता यतिबेला संसदमा अनुमोदनको लागि विचाराधीन अवस्थामा छ । उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नुअघि आवश्यक अध्ययन गरी सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोश्रो बैठकबाट कार्यदल गठन गरिएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सो सम्वन्धी कार्यदलको प्रतिवेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने । उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्टपार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने,”
सत्ताधारी नेकपाले यस्तो विवादित परियोजना पारित गर्ने भएपछि चीनले अब नयाँ ढंगले आफ्नो रणनीति ठोस गर्ने नेपालस्थित चिनियाँ राजदुतावासले बताएको छ ।







