नेपाल भारतको सीमामा भारतीय पक्षले नेपाललाई गरेको हेपाईको निकैं लामो कथा छ । तर उसले त्यस्तैं हेपाई चिनियाँबाट पाउने गरेको छ ।

हिजोआज चिनियाँ सामाजिक सञ्जालहरूमा अहिले भारत र चीनका सैनिकबीच सीमा क्षेत्रमा भएको मुक्का र लठ्ठी हान्दै झडपको भिडिओ भाइरल भइरहेको छ।

लाखौं पटक हेरिएको यो भिडिओ ठ्याक्कै कहिले खिचिएको हो भन्ने एकिन भइसकेको छैन। भिडिओमा एउटा नदीको किनारमा दुबै पक्षका सैनिकहरू हात हालहाल गरिरहेका देखिन्छन्।

भिडिओमा चिनियाँ सैनिकहरू लठ्ठी बोकेका र दंगा नियन्त्रण सिल्ड लगाएका देखिन्छन् भने भारतीय सैनिकले पछाडि राइफल भिरेका छन्। तर उनीहरूले त्यसको प्रयोग गर्दैनन्।

केहीबेरमा दुबैतिरका अरू सैनिक पनि झडपमा सहभागी हुन्छन्। धक्कामुक्कापछि भारतीय सैनिकहरू पछाडि हटेको भिडिओमा देखिन्छ।

मंगलबार राती पहिलो पटक सामाजिक सञ्जालमा देखिएको उक्त भिडिओ साँच्चै भएको र केही महिना अगाडिको रहेको चिनियाँ सैन्य स्रोतले साउथ चाइना मर्निङ पोस्टलाई बताएको छ।

स्रोतका अनुसार यो भिडिओ गत जुन १५ मा २० भारतीय सैनिक मारिएको गल्वान नदीको झडपको भने होइन। उक्त झडपमा चिनियाँ पक्षतिर भएको क्षतिबारे भने अहिलेसम्म बेइजिङले केही खुलाएको छैन।

चिनियाँ मोबाइलबाट खिचेको उक्त भिडिओ मेतिरको हुन सक्ने सैन्य अधिकारीहरूले बताएको पोस्टले उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार