
सत्ताधारी नेकपाका नेता लिलामणि पोखरेलले एमसीसी संशोधन गरेर गरिने पार्टीको नीतिलाई आफुले स्वीकार नगर्ने बताएका छन् ।
एमसीसी राष्टघाती परियोजना भएको भन्दैं पोखरेलले पार्टीले कुनैं पनि हालतमा एमसीसी पारित गर्न नहुने बताए ।
एक अनलाइन टिभीसँग कुराकानी गर्दै सत्ताधारी नेकपामा एमसीसीविरोधी भनेर चिनिएका नेता पोखरेलले एमसीसी संशोधन गरेर पारित गर्न खोजेको पार्टीको पछिल्लो नीतिलाई अस्वीकार गर्ने अर्को चेतावनी दिएका छ्न ।
एमसीसीका केही बुँदाहरु संशोधन गरेर पारित गर्ने पछिल्लो दुई अध्यक्षको नीतिलाई उनले ठाडैं अस्वीकार गरे ।
पोखरेलले एमसीसी संशोधन गरेर पारित गर्छौ भन्नु भनेको मोहीलाई दुध बनाउँछु भन्नु र एमसीसी संशोधन गरेर पास गर्छु भन्नु एउटै हो भन्ने भनाई राखे ।







