
हिंशात्मक दमनको प्रतिरोध पनि हिंशात्मक ढंगले नै हुनेगर्छ ।
त्यस्तो संघर्षका बेला यसका रुप र विधिलाई ठोस रुपमा अपनाउनु पर्छ । त्यो परिस्थितिले निर्धारण गर्ने विषय हो र यो अन्तर्बस्तुमा निहित गर्छ । यतिबेला जनताको चाहानामा ठेस पुर्याउनु भनेको अमाक्र्सवादी विचारको आग्रहबाट भएको ठहर्छ ।
तथाकथित कम्युनिस्ट पार्टी यतिबेला असंलग्न परराष्ट्र नीति र विदेश नीति न त ठिक ढंगले कुटनीतिक तबरमा लागु गर्न सक्छ न त राष्टियता प्रति कुनै अडान छ ।
लालाकलुलुक गलेको सरकार र सत्ताधारी नेकपा अहिले जनताले रास्ट्रघाती एमसीसी भनेर खारेजीको माग गरेको कुरालाई परिमार्जनको नाम दिएर अनुमोदन गर्ने निर्णय गरेका छ्न ।
जनतन्त्र, जनजीविका र सवालबाट अलगिएको सरकार जनसबालको पक्षमा वकालत गर्ने र आबज बुलन्द गर्नेहरुमाथी बडो निर्मम भएर लागेको छ ।
समयले हाल सत्ताधारी नेकपाभित्रकै सच्चा क्रान्तिकारी, रास्ट्रवादी शक्तिभित्रका रास्ट्रप्रेमी, लोकतान्त्रिक र प्रजातान्त्रिक शक्तिभित्रका रास्ट्रभक्त सबै मिलेर रास्ट्रीयता, स्वाधीनता र स्वतन्त्रताको लडाइँ लड्न पर्ने बेला आएको छ ।
एमसीसी पक्षधर अर्थात रास्ट्रघाती, भ्रष्ट र दलाल अर्थात जनघाती र रास्ट्रप्रेमी र न्यायप्रेमी जनसमुदायबिचको मुख्य लडाइँ सुरु भएको छ, जनताको प्रतिरोधात्मक संघर्षको सामाना गर्न डबल नेकपा र सरकार तयार भए हुन्छ ।
एकै समयमा दुईखाले क्रान्ति हुनै सक्तैन, बरु दुईखाले शक्तिहरु आन्दोलन या लक्ष्य प्राप्तिमा सम्लग्न हुन भने सक्छन् । त्यस कारण नयाँ युगमा क्रान्ति पुरानो हुन्छ भन्नु अभौतिकबादी हुन्छ भने अर्कोतर्फ नयाँखाले नभै नहुने र नछाड्ने स्थिति पनि छ ।
त्यसो भएको हुनाले अब जनताको हरेक घर र चुल्होमा सचेतनाको मशाल सल्काउने र हरेक शहर बस्तीका गल्ली चोकबाट बिद्रोहको राको बाल्ने बेला आएको छ ।
उत्तरसाम्राज्यवादको भरणपोषण गर्ने र तिनको गुलाम गर्नेहरुको बिगबिगी नै बढ्यो, खुल्लम खुल्ला रास्ट्रीयता अर्काको हातमा सुम्पेकोको दृश्यले कुन नेपाली चुपचाप बस्न सक्ला ?
जुझारु युवा पढेलेखेका र दक्ष अनि सचेत नागरिक बिदेशी भुमीमा जान बाध्य पारेर अल्पमतमा रहेका श्रमजीवी वर्गमाथि सत्ता पावर र पुँजीले दमन र खरिद गर्ने दलालहरुलो हातबाट यो रास्ट्र जोगाउन देश तथा बिदेशमा रहेका सबै नेपालीको मुख्य जिम्मेवारी आएको छ ।
जहाँ अन्याय अत्याचार र दमन हुन्छ त्यहाँ बिद्रोह हुन्छ, जसले साहासिक बिद्रोहको झण्डा उठाउछ तिनीहरु सचेत जनता हुन्छन ।
जागौं, सचेतनाको मशाल बालौं, फासिस्ट दमनको प्रतिरोधात्मक संघर्षको उठान गरौं ! दलाल संसदीय व्यवस्थाका एजेण्टहरु, फासिस्ट भ्रष्ट सत्ताका सुराकीहरु, प्रतिक्रियावादी झुन्डहरु र साम्राज्यवादका ठेकेदारहरु गाउँ छोड !
भ्रष्ट, दलाल, तस्कर, बलत्कारी, बिचौलिया, घुसखोरी, कमिसनखोरीहरु विरुद्ध कार्बाही गर्दै जनसंघर्षका कार्यक्रम हरु निरन्तर अगाडि बढाउदै, दलाल संसदीय व्यवस्थाको राज्य संयन्त्रविरुद्ध शृङ्खलाबद्ध प्रतिरोधात्मक प्रतिकार सुरु गरौं ।
हेम बहादुर खडका (राज) ।







