
527890380
काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा बिहानै भुकम्पको धक्का महशुस भएको छ । बुधबार विहानै सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भइ ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
त्यसपछि पुन: सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर पुनः परकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसारर साहि ठाँउ आसपास भएर ३.८ म्याग्निच्यूडको अर्को भ्रकम्प गएको छ । दोस्रो कम्पन्न विहान ६ बजेर १२ मिनेटमा गएको हो ।
बिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौँ आसपासको भेगमा ठूलो धक्का दिएको छ । उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।
भक्तपुरको लोकन्थली, बाल्कोट, ठिमीलगायत क्षेत्रमामा ठूलो सङ्ख्यामा मानिस आत्तिएर कराउँदै घर बाहिर निस्किएका थिए ।
विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ ।







