कोरोना भाइरसबाट सिंगो देश आक्रान्त भइरहेको बेला निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन घोषणा हुनुलाई राष्ट्रिय कर्मचारी महासङ्घ नेपालले गंभीर ध्यानाकर्षण भएको जनाएको छ

अगामी असोज २४ गते निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया अगाडि बढाउनु कुनै पनि प्रकारले सान्दर्भिक नभएको महासङ्घले जनाएको छ ।

राष्ट्रिय कर्मचारी महासङ्घ नेपालका अध्यक्ष टोपबहादुर बानियाँ र महासचिव अमरसिंह ओलीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया अगाडि स्थगित गर्न आग्रह गरिएको छ ।

नेपाल सरकारलाई कोभिड १९ सङ्क्रमित जनताको उपचारमा खर्च जुटाउनसमेत धौधौ परेको अवस्थामा आर्थिक रूपले सङ्कट परिरहेको थाहा हुँदाहुँदै निर्वाचनका लागि राज्यकोषबाट अनावश्यक खर्च गर्नु उपयुक्त नहुने उल्लेख छ ।

राष्ट्रिय कर्मचारी महासङ्घ नेपालले विज्ञप्तिमा नयाँ ऐन आइनसकेको अवस्थामा यो चुनावले एउटै कार्यालयमा बसेर काम गर्ने कर्मचारीहरूका बीचमा विभेद हुने र मतदान गर्न पाउने व्यक्ति उम्मेदवारसमेत हुन पाउनुपर्ने उल्लेख छ ।

पूर्वतयारीबिना र कोभिड १९ को यो महामारीको समेत ख्याल नगरी घोषणा गरिएको निजामती क्षेत्रको आधिकारिक ट्रेड युनियनको निर्वाचन कुनै पनि दृष्टिकोणबाट यथास्थितिमा हुन नसक्ने भन्दै राष्ट्रिय कर्मचारी महासङ्घ नेपालले उक्त निर्वाचनप्रक्रिया स्थगित गर्नसमेत माग गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार