संसदमा रहेका राजनीतिक दलहरुले असोज ३ गते जारी गरेको संविधानलाई धेरैंले त्यो दिनलाई कालो दिन भनेर विरोध गर्ने गरेका छन् ।

यसै क्रममा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र, नेपालले पनि यो दिनलाई प्रतिगामी तथा पश्चगामी भनेर टिप्पणी गरेको छ ।

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र, नेपालका अध्यक्ष हस्तबहादुर केसीले एक विज्ञेप्ती जारी गरेर ओली सरकार इतिहासकैं सबैभन्दा क्रुर प्रतिक्रियावादी शक्ति बन्न पुगेको आरोप लगाएका छन् ।

विप्लव नेकपामाथि लगाइएको प्रतिवन्धको पनि विरोध गर्दै अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र, नेपालले ओली सरकारको सबैं प्रकारका तानाशाही तथा फासीवादी एवं मानवअधिकार विरोधी क्रियाकलापहरुको घोर विरोध र भत्र्सना गरेको छ ।

विज्ञेप्तीको पूरा पाठ –

नेपाली जनताले मनाउँदै आएको असोज ३ गतेको कालो दिनलाई विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र काठमाडौं, नेपालले नेपालक‍ो राजनीतिक क्षितिजमा असोज ३ गतेको दिनलाई मुक्तिकामी नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै कालो दिनका रुपमा लिने प्रतिबद्धता जाहेर गर्दछ ।

किनकि महान् दश वर्षे जनयुद्ध र २०६२ र २०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनको माग, मर्म र भावनाविपरीत तत्कालीन नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी मिलेर २०७२ साल असोज ३ गते प्रतिगामी तथा पश्चगामी कालो संविधान जारी गरेका थिए ।

महान् नेपाली नयाँ जनवादी क्रान्तिलाई अलमल्याउने र निश्तेज पार्ने योजना , षड्यन्त्र र उद्श्येका साथ साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरु (‘र’ र ‘सिआईए’) ग्राण्ड डिजाइनमा उक्त प्रतिगामी र पश्चगामी कालो संविधान नेपालका आफ्ना दलालहरुद्वारा जारी गर्न लगाइएको थियोे ।

ओली आज वर्तमान केपी ओली नेतृत्वको दलाल सरकारले त्यही उद्श्ये पुरा गर्ने योजना र षड्यन्त्र अनुरुप महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुदै वैज्ञानिक साम्यवादसम्म पुग्ने महान् तथा कठिन कार्यहरुलई अगाडि बढाउदै ऐतिहासिक जिम्मेवारी बहन गरिरहेका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत ११ दलीय क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले सञ्चालन गर्दै आएका हरेक गतिविधिहरुमा रोग लगाउने, प्रहरी हस्तक्षेप गर्ने जस्ता तानाशाही तथा फासीवादी कदमहरु अगाडि बढाएको देखिएको छ ।

विप्लव नेतृत्वको नेकपामाथि त २०७५ साल चैत २८ गतेदेखि प्रतिबन्ध नै लगाएर त्यस पार्टीका सैयौ नेता, कार्यकर्ताहरुलाई गैर कानुनी ढंगले धरपकड र गिरफ्तार गर्ने, गैर कानुन ढंगले थुनछेक गर्ने , जेल सजाय गर्ने, पुलिस कस्टडीहरुमा भौतिक तथा मानसिक यातना दिएर मानवअधिकारको घोर उलङ्घन गर्ने, अदालतले रिहा गर्ने फैसला जारी भइसके पछि अदालत परिसरबाटै पुनः गिरफ्तार गर्ने र अनावश्यक रुपमा जेल सरुवा गर्ने निहुँमा दुस् ख दिने जस्ता तानाशाही तथा फासीवादी रवैया अविलम्वन गर्दै आफ्नै संविधानको उपहास गरिरहेको छ र अनावश्यक रुपमा मानसिक यातना दिने गरेको देखिएको छ।

हाम्रो संगठन नेपाल सरकारको यस प्रकारको तानाशाही तथा फासीवादी हर्कतहरुको घोर विरोध तथा भ्रत्सहाना प्रकट गर्दछ । हाम्रो संगठन ओली नेतृत्वको फासीवादी सरकार लगायत सबै खाले प्रजातन्त्र र मानवअधिकारक‍ो आवरणभित्र गरिने सबै प्रकारका तानाशाही तथा फासीवादी एवं मानवअधिकार विरोधी क्रियाकलापहरुको घोर विरोध र भत्र्सना गर्दछ ।

मिति : १९ सेप्टेम्बर २०२०

हस्तबहादुर केसी
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र, नेपाल

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार