प्रधानमन्त्री केपी ओलीसहित उनका विश्वासपात्रहरू देशलाई ऋणको आहालमा डुबाएर पनि आफन्त र विश्वासपात्रलाई गुन लगाउने होडमा छन् ।

जुन कुरा पदक र विभूषणमा समेत नातागोता, चाकडी र चाप्लुसी हावी भएको देखियो। यता जथाभावी खर्च नियन्त्रण गर्न नसक्दा चालु आर्थिक वर्षको अन्तिमसम्म प्रत्येक नेपालीको थाप्लोमा झण्डै ५७ हजार रूपैयाँ ऋणको भार पर्दै छ ।

अहिले १३ खर्ब राष्ट्रिय ऋण रहेकोमा यो वर्षको अन्तिमसम्म बढेर १७ खर्ब पुग्ने भएको छ । यस हिसाबले प्रत्येक नेपालीको थाप्लोमा एकै वर्षमा १४ हजार ऋणको भार थपिँदै छ ।

२०७२ सालसम्म नेपालको सार्वजनिक ऋण ५ खर्ब ४५ अर्बमा सीमित थियो । ०७२ पछिका ५ वर्षमा नेपालको सार्वजनिक ऋण बढेर १३ खर्ब पुगेको छ । यसमध्ये ५५ प्रतिशत बाह्य र ४५ आन्तरिक ऋण छ ।यो आर्थिक वर्षमा सरकारले ५ खर्ब ऋण लिने तयारी गरेको छ ।

सरकारको तयारी अनुसार, यही आर्थिक वर्षमा नेपालको सार्वजनिक ऋण १७ खर्ब पुग्ने भएको छ । ठूला विकास आयोजना, व्यापक आर्थिक सामाजिक रुपान्तरण गर्ने कार्यक्रम र आफ्नो अनुभव एवं दक्षता नभएका काममा योजना सम्पन्न गर्न ऋण लिनु स्वाभाविक मानिन्छ ।

तर ओली सरकारले तलबभत्ता र सुविधा बाँड्न समेत विदेशीसित डलरमा ऋण लिएर आगामी कयौँ पुस्ताको थाप्लामा ऋणको बोझ बढाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार