
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विद्यमान संविधान पूर्णत असफल भएको बताउँदैं अब देशमा नयाँ शिराबाट नयाँ राज्यको आमुल परिवर्तन आजको अवश्यकता भएको बताएका छन् ।
महासचिव विप्लवले संविधान दिवसको ठीक एक दिन पछाडि एक प्रेस विज्ञेप्ती जारी गर्दै अहिलेको देशको समस्याको समाधान संविधान संशोधन नभएर आमुल परिवर्तनमा जोड दिएका छन् ।
विप्लवले वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेकाले सत्ताको पूर्ण परिवर्तनका लागि पहल लिन सबै अग्र्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूसमक्ष आह्वान गरेका छन् ।
विज्ञप्तिमा महासचिव विप्लवले भनेका छन् –
‘आज देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत सङ्कटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि गरेको छ । यो असफलता र सङ्कटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन हो । तसर्थ सबै अग्र्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूले राज्यसत्ताको पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल गर्न अत्यन्त जरुरी हुन गएको छ । हामो पार्टी सबैलाई यस दिशामा अग्रसर हुन विशेष आग्रह गर्दछ ।’








