क्रान्तिको रापताप सेलाउँदै गएर अग्रगामी शक्ति कमजोर बने, यथस्थितिवादी र प्रतिगामी शक्ति हावी भए । अहिले सत्तामा रहेकाहरुले आफूलाई नेकपा भने पनि अन्तरवस्तुमा कम्युनिस्ट देखिँदैन । त्यसमा पनि केपी शर्मा ओली झापा आन्दोलनदेखि कम्युनिस्ट आन्दोलनका विरोधी मान्छे हुनुहुन्छ ।

दक्षिणपन्थी सोचलाई वामपन्थी खोजभित्र एउटा कुटिलतापूर्वक सत्तामा पुग्न सफल मान्छे हुनुहुन्छ केपी शर्मा ओली । त्यसलै उहाँको नेतृत्वमा संविधान संशोधन हुने सम्भावना एमदमै कमजोर देखिन्छ ।

तर दुःखको कुरा के हो भने प्रचण्डजीको नेतृत्वमा माओवादीको ठूलो तप्कासमेत त्यसमा सहभागी हुन पुगेको छ । उहाँलाई म के आग्रह गर्न चाहन्छु भने विगत जनयुद्धको बेला उठाएका जुन माग हुन्– राज्यको पुनःसंरचना, उत्पीडित, जनजाति, मधेसी, आदिवासी लगायत समुदायको पहिचान सहितको सङ्घीयता हुनुपर्छ भनेकै कारण जनयुद्धमा त्यति धेरै मान्छेले त्याग र बलिदान गरेका हुन् ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद् हुनुपर्छ भन्ने कुरा हामीले निरन्तर उठाएका हौँ । महिला पुरुषलाई नागरिकता लगायत हरेक विषयमा समानता हुनुपर्छ भन्ने कुरा उठाएका हौँ । सर्वोच्च अदालत, न्यायका कुरामा पनि पुनःसंरचना हुनुपर्छ भनी हिजो हामीले नै आवाज उठाएका हौँ । तर अहिले आएर ती कुरा उठाउन नसक्नु दुर्भाग्यपूर्ण छ ।

आशा गर्छु, उहाँ (प्रचण्ड) ले यी कुरा उठाउनु हुन्छ र केपी ओलीको चङ्गुलबाट निस्केर फेरि अग्रगामी शक्तिहरूसँग मिलेर काम गर्नुपर्छ ।

डा बाबुराम भट्टराईले रातोपाटीलाई दिएको अन्तर्वार्ताको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार