केपी वलीको सरकार कम्युनिस्ट नाउँ गरेको प्रतिक्रियावादमा पतन भएको पार्टीको सरकार हो । यसको मुख्य काम नै कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्ने वा दमन गरेर समाप्त गर्ने हो । त्यसैले यसले एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको नेकपाका नेता–कार्यकर्तालाई दिनदिनै गिरफ्तार गरिरहेको छ । बन्दी बनाइरहेको छ । सारमा दमन गरिरहेको छ । यसलाई हामीले सिङ्गो कम्युनिस्ट आन्दोलनको दमनका रूपमा लिएका छौँ । यसको प्रतिरोध गर्नुपर्छ र जनसङ्घर्षलाई अरू उचाइमा उठाएर यसलाई परास्त गर्नु पर्दछ ।

यसमा विवादै छैन । हामीले सत्ताका विरुद्ध संयुक्त मोर्चा बनाएर सङ्घर्षमा जानुको विकल्पै छैन । हामीले यसका निम्ति निरन्तर प्रयास पनि गरिरहेका छौँ । विगत ६ महिनादेखि कोभिडका कारण हाम्रो काममा गतिरोध पैदा भएको छ । २०७६ चैतदेखि नै हामी ११ पार्टीहरू मिलेर सडक आन्दोलन उठाउने तयारीमा नै थियौँ । अहिले पनि हामी त्यसलाई निरन्तरता दिने काममा लागिरहेकै छौँ । कोभिडको आतङ्कलाई चिरेर कसरी अगाडि वडने भन्ने योजना बनाइरहेका छौँ ।

कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीसमेतसँग संयुक्त मोर्चा, कार्यगत एकता र पार्टीएकतासम्मका प्रक्रियाहरू अघि बढिरहेकै छन् । संवादकै क्रममा छन् । सुरुमा हामी ४ पार्टीहरू : नेपाल कम्युनिस्ट पार्टी, विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रन्तिकारी माओवादी र मसाल यो स्तरको सहमतिमा पुगेका हौँ र यसलाई हामीले विज्ञप्तिमार्फत सार्वजनिक गरेका थियौँ पनि । तर पछि विप्लव नेतृत्वसँग असहमति राख्दै मसाल यो प्रक्रियावाट बाहिरियो । हामी तीन पार्टीहरू यो काममा लागिरह्यौँ । पछि माओवादी केन्द्र पनि यसमा समाहित भयो र फेरि हामी ४ पार्टी नै कायम रह्यौँ । तर हामी ४ पार्टीको सहकार्यमा पनि व्यवधान खडा भयो । विप्लव नेतृत्वसँग विमति राख्दै क्रान्तिकारी माओवादी पनि यो प्रक्रियाबाट पछाडि हट्यो ।

लामो संवाद र छलफलपछि फेरि अहिले हामी ११ पार्टीहरू कार्यगत एकतामा जुट्ने सहमतिमा पगेका छौँ र सोहीअनुसार कार्ययोजना पनि बनिरहेका छन् । छिटै यो प्रक्रिया सार्वजनिक हुने क्रममा छ । साथै सत्ताविरुद्ध रहेका कम्युनिस्ट पार्टीहरूब्ािच रणनीतिक चरित्रको संयुक्त मोर्चा बनाउने प्रक्रिया पनि अगाडि बढिरहेको छ । सारमा क्रान्तिकारी शक्तिहरूको सहकार्य र एकताप्रक्रिया सार्थक रूपमा अगाडि बढिरहेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले रातोखबरका लागि दिएको अन्तर्वार्ताको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार