अचेल फेरि देशमा छिनछिनमा बत्ती निभ्न थालेको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटेको केही दिन नपुग्दै यसरी दिनको दुईचार पटक बत्ती निभ्न थालेपछि सर्वसाधारण जनतामा फेरि लोकसेडिङ खेप्नुपर्ने हो कि भन्ने त्रास उत्पन्न गराएको छ ।

मुलुकलाई लोडसेडिङ मुक्त गरिसकिएको अवस्थामा फेरि बत्ती जाने आउने क्रममै कमिशनको गन्ध आउन थालको छ ।लोडसेडिङ छैन तर बत्ती जान्छ भनेपछि यसलाई बुझन त्यति गाह्रो छैन ।

एक पटक बत्ती निभाउँदा कति कमिशन आउने हो त्यसको हिसाबकिताब लाखौंमा हुने अनुमान लगाउन थालेका छन् । चलेल यस्तो दिनमा पटकपटक भईरहन्छ ।

कहिलेकाही सिस्टम डाउन हुँदा बत्ती जानु स्वभाविकै हो तर चलेल बत्ती छिनछिनमा गइरहँदा प्राधिकरणको जिम्मेवार पदमा बसेका मानिसले बत्ती के कारणले गएको भन्ने बारेमा आमसर्वसाधारणलाई जानकारी गराउँनु पर्दैन ?

सरकारलाई कुलमानदेखि रिस उठेको हो भने ठीकै छ, उसलाई नै पुनः नियुक्ति गर्नु गर्नुपर्छ भन्ने छैन,तर प्राधिकरणबाट उनी हट्ने वित्तिकै यति छिटो भताभुङग पार्न खोज्नु सरकारकै निम्ति घातक हुनेछ ।

असक्षम नेतृत्वका कारण लथालिङग भएका थुप्रै सरकारी निकायलाई राम्रो बनाउँनु पर्छ भन्ने तर्फ सरकारले ध्यान त दिएन दिएन एउटा सफल र सक्षम बनेको प्राधिकरणलाई पनि फेरि उस्तै बनाउन खोज्दैछ भन्ने सर्वसाधारणमा आशंका उब्जेको छ ।

सरकारलाई ख्याल होस् बत्ती पटकपटक जान थालेपछि मानिसहरु फेरि बिजुली पसलमा इन्भटरको खोजी पस्न थालेका छन् । दिनमा अठार घण्टासम्म लोकसेडिङ हुँदा जोहो गरेका इन्भर्टरलाई स्टोर रुमबाट झिकेर तयारी अवस्थामा राख्न थालेका छन् । यो गर्नु भनेको सरकारप्रति विश्वास गुम्दै जानु र सरकारको निम्ति लजास्पद विषय पनि हो ।

शहर बजारमा इन्भर्टर व्यापारीहरु फेरि सलबलाउन थालेका कि भन्ने आभास हुन थालेको छ । कोरोनाका कारण अचेल स्कूल विद्यालयहरु सबै बन्द छन् ।

सबैको पठनपाठन अनलाइनबाट हुँदै आएको सरकारलाई पनि थाहा छ। बत्ती जान थालेपछि बालाबालिकाहरु समेत कुलमानलाई सम्झन थालेका छन् ।

त्यो मात्र कहाँ हो र यहाँ त बत्ती नभएपछि नेट पनि नचल्ने हुँदा डाटा प्याक लिनुपर्ने अवस्थाको सिर्जना गराएको छ । बत्ती जाँदा टेलिकम प्रदायकका कम्पनीहरुसँगको साँठगाँठको पनि आशंका उब्जाएको छ । यी र यस्ता प्रश्नको जवाफ दिन सम्बन्धीत मन्त्रीले ढिलाई गर्नु हुँदैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार