सोलिडारिटी फर डाक्टर केसी र विवेकशील पार्टीले डा. गोविन्द केसीको समर्थनमा माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

सर्वोच्च अदालतको फैसलाअनुसार माईतीघर मण्डलामा प्रदर्शन गर्न पाउनुपर्ने माग गर्दै मण्डलातिर हिँडेको प्रदर्शनकारीहरुलाई सुरक्षाकर्मीहरुद्वारा रोक्दा ठेलामठेलको स्थिति सिर्जना भएको थियो ।

प्रदर्शनकारी भन्दै थिए,”सर्वोच्चको आदेश खै मानेको, प्रहरीहरु भन्छन्– जिल्ला प्रशासनको आदेश छ मण्डलामा प्रदर्शन गर्न नदिनु । प्रदर्शनकारीहरुको भनाई थियो, हामीलाई हामी मण्डलामा प्रवेश गर्दा कुटियो, गिरफ्तार गरियो भने हामी सुरक्षाको कमाण्डिङ् गरिरहेको प्रमुख विरुद्ध मुद्दा हालेर जेल पठाउने छौं ।”

डा. केसीले आफ्नो १९ औँ अनसन जुम्लामा सुरु गरेका थिए। तर पहिलको जस्तै झडपको अवस्था आउन सक्ने भन्दै डा. केसी काठमाडौँ फर्किएर आफ्नो अनसनलाई निरन्तरता दिएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार