
नेत्र विक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी रोल्पाले जिल्लाको पुर्वी कमाण्डको विशेष प्रशिक्षण सम्पन्न गरेको छ ।
नेकपा रोल्पाका इन्चार्ज दिलिपको विशेष उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका पार्टी सदस्यदेखी जिल्ला सदस्य स्तरको सहभागिता रहेको थियो ।
सरकार द्वारा प्रतिबन्धीत नेपाल कम्यूनिष्ट पार्टीले विशेष गोप्य शैलि अपनाएर आफ्ना सांगठनिक क्रियाकलाप गर्दै आएको छ । यसै सन्दर्भमा यो कार्यक्रम गरिएको नेकपाका एक जिम्मेवार नेटाले अनलाइनबाटोलाई जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममै राहुल घर्तीमगरले सरकारी नेकपाबाट विद्रोह गरेर नेकपामा प्रबेश गरेका छन् । उनि तत्कालिन नेकपा एमालेमा लामो समय काम गरेको बताइएको छ । तत्कालिन नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको क्षेत्रिय सभापती समेत भएर काम गरेका घर्तीमगरले आफ्नो पार्टी बहुमत सहित सरकारमा भएपनी जनताको चाहना अनुसार काम गर्न नसकेकाले सो पर्टी त्याक गरी यो पार्टीमा प्रबेश गरेको भनाई राखेका थिए ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका इन्चार्ज दीलिपले नेपालमा रहेको दलाल भ्रस्तहरुको जालो तल्लो तह सम्म फैलिएकोले त्यसलाई निर्मुल पार्न जनताहरुमा जानुुका साथै जनताका वास्तविक समस्याहरुको यकिन गरी निराकरणमा लाग्न कार्यकर्तालाई विशेष निर्देशन दिएका छन् ।







