
मन्त्री बन्न कानुनी बाधाहरु उत्पन्न भइरहेको बेला सत्ताधारी नेकपा नेता वामदेव गौतमले आफु मन्त्री नबने देशले घाटा व्यहोरेको बताएका छन् ।
उनले आफ्ना निकट नेताहरुलाई मन्त्री बन्न नपाए देश पछाडि पर्ने पनि बताउने गरेका छन् । केही समय अगाडि उनले आफू प्रधानमन्त्री बन्न लायक भएको समत दावी गरेका थिए।
अब मन्त्रिमण्डल पुर्नगठन १४ असोजपछि मात्र हुने भएको छ । उक्त दिन सर्वोच्च अदालतको संवैधानिक इजलाशले बामदेव गौतमलाई मन्त्री नबनाउनु भनी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको मुद्दाको अन्तिम किनारा लगाउने प्रक्रियामा सुनुवाई शुरु हुनेछ ।
इजलाशको फैसलाबारे धेरैले अनुमान गरिसकेका छन् । कतिपयलाई मन्त्री बनाउने खबर आइसकेको विश्वस्त सूत्रले बताएको छ । उनीहरुले दौरा सुरुवाल ठिक्क पारिसकेका छन् ।
अब ठिक्क पारेको दौरा सुरुवाल केही दिन फेरि थन्कने भएको छ । यसपटक बामदेवमाथि दिने त्रिपाठीले दायर गरेको मुद्दाले धेरैको मन्त्री बन्ने सम्भावनालाई केही दिन पछि धकेल्यो ।
बिदा हुन लागेका मन्त्रीहरु केही दिन पदमै रहने भएका छन् । तर, धेरै मन्त्रीहरुले बिदा हुनुपर्ने संकेत पाइसकेकाले अग्रिम तयारी गर्न थालेका छन् ।







