सत्ताधारी नेकपाका दोस्रा अध्यक्ष प्रचण्डले पहिलो अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको नयाँ मन्त्रीमण्डल विस्तार योजनालाई एकाएक पछि धकेलिदिएका छन् ।

निकटस्थ स्रोतका अनुसार ओलीले रिक्त रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालय र केही मन्त्रीलाई हटाएर नयाँलाई मन्त्री बनाउने तथा केही मन्त्रीको मन्त्रालय परिवर्तन गर्ने तयारी गरेका थिए ।

त्यसका लागि सल्लाह गर्न प्रचण्डलाई छलफलका लागि बोलाएका थिए । तर, प्रचण्डले छलफलमा राखेको तर्कले ओलीको तयारी कम्तिमा असोज १५ गतेसम्मका लागि स्थगित भएको छ ।

आइतबार बिहान ९ बजे छलफलका लागि बालुवाटार पुगेका प्रचण्डलाई ओलीले मन्त्रिपरिषद् पुर्नगठनका गर्ने तयारीमा लागेकाले अहिलेसम्म काम गरेका मन्त्रीहरुलाई धन्यावाद ज्ञापन गर्न आकस्मिक बैठक बोलाएको जानकारी दिए ।

तर, त्यसमा प्रचण्डले र्तकसहित असहमति जनाए । प्रचण्डले भर्खरैमात्रै राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट सरकारको सिफारिसमा मनोनयन भएका पार्टी उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको, त्यो मुद्दामा छलफलका लागि सर्वोच्चले १४ असोजमा दुवै पक्षलाई बोलाएको र त्यसमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि प्रभावित हुने बताए ।

गौतम र श्रेष्ठ प्रतिनिधिसभा निर्वाचन हारेपछि राष्ट्रिय सभामा पु¥याइएका पात्र हुन् । प्रतिनिधिसभामा हारेकालाई राष्ट्रिय सभामा पुर्‍याएर थप जिम्मेवारी दिन लागिएको भन्दै रोक्न मुद्दा परेको हो ।

यस्तो अवस्थामा मन्त्रिपरिषद् पुर्नगठन गरिएमा गौतम र श्रेष्ठले आफूहरुलाई रोक्न यसो गरिएको भन्ने बुझ्ने प्रचण्डले ओलीलाई बताए । अब बस्ने बैठकमा सचिवालय र स्थायी समिति बैठकमा बसिखान नदिने सम्झाएपछि ओली हच्किए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार