संसद्को दुवै सदनले पारित गरेको कृषि विधेयकको विरोधमा किसानले भारतमा देशव्यापी चक्काजाम गरेका छन् ।

कृषि विधेयकलाई किसानको हितैषी भने पनि यसबाट किसानहरूको आय बढ्ने दाबी गरेको छ । तर, किसानहरू विधेयक आफूहरूको पक्षमा नरहेको भन्दै आन्दोलित भएका हुन् ।

उनीहरूले यो विधेयकले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पिने भन्दै विरोध जनाएका छन् । भारतीय किसानहरूको आन्दोलनको प्रभाव सबैभन्दा धेरै पन्जाब र हरियाणामा परेको छ ।पन्जाबमा हिजोदेखि नै रेल रोक्ने अभियान चलाइएको थियो ।

भारतीय किसान आन्दोलन समन्वय समितिको अगुवाइमा किसानहरू आन्दोलनमा उत्रिएका हुन् ।यो समितिमा किसानहरूका विभिन्न १२ सङ्गठन सहभागी भएका छन् ।

यी सङ्गठनहरू कुनै पनि राजनीतिक दलसँग सम्बन्धित नरहेको बताइन्छ । उत्तर प्रदेश, मध्य प्रदेश, कर्नाटक, तमिलनाडु, पन्जाब र हरियाणामा किसान सङ्गठनको प्रभाव धेरै छ ।

किसानहरूको यो आन्दोलनमा राजनीतिक दलले समेत साथ दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार