
विप्लव नेकपा निकट युवा संगठन नेपाल माडी गाउँ समिति रोल्पाको प्रथम भेला सम्पन्न भएको छ । युवा संगठन नेपाल माडी गाउँ कमिटीका संयोजक कमलको अध्यक्षतामा भएको कार्यक्रमलाई युवा संगठन नेपालका संग्रामले संचालन गरेका थिए ।
उक्त भेलाको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाका सेक्रेटरी दिनेश बिक्रम चन्द (मानव )को रहेको थियो भने विशेष अतिथि हरु युवा संगठन नेपाल रोल्पाका जिल्ला अध्यक्ष एवम् केन्द्रिय सदस्य प्रज्ज्वल,नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्ला सदस्य सन्दीप रहेका थिए ।
उक्त भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी दिनेश बिक्रम चन्दले शुभकामना दिदै युवाहरू नै देश परिवर्तन को मुख्य संवाहक भएकाले क्रान्तिलाई निर्णायक तहमा पुर्याउनको लागि सबै नौजवान युवाहरू एक हुनुपर्ने बताए । दलाल सत्ताको अखडा भट्काउन युवाहरू तयारी हालतमा बस्न अनुरोध गर्नु भयो । यो दलाल सत्ता श्रमजीवी बर्गका जनताको हितमा नभएकोले यो सत्ता खारेज गरि जनताको बैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गरि छोड्ने दाबी गरे। गाउँ गाउँ बाट जनसत्ता संचालन गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताए ।

साथै युवा नेता चन्दले युवाहरु कुनै लोभ लालचमा नपरी एक पटक गम्भीर भएर क्रान्तिमा होमिन अपिल गरे।युबाहरु भबिस्यको कर्णधार मात्र नभएर शसक्त वर्तमान भएकाले अहिले नै शसक्त ढंगले प्रतिरोधमा उठ्न र सहिदहरुका अधुरा सपना पूरा गर्दै नेपाली जनताको न्याय ,मुक्ति ,स्वतन्त्रता ,समानता ,स्वाधीनता , राष्ट्रियता,जनतन्त्र ,जनजिविकाको निम्ति एकीकृत जनक्रान्तिको महान अभियानमा लामबद्ध हुन अनुरोध गर्नु भयो। अहिले समाजमा देखिएका बिकृती,विसंगति ,स्थानीयतह हरुमा भैरहेको भ्रष्टाचार ,अनियमितता ,लुटपाट ,ढिलासुस्ती, अन्याय ,अत्याचार ,विभेद स्थानीय जनप्रतिनिधि हरुको दादागिरी लाई अन्त्य गर्न र जनताको आवस्यकता अनुसार जनसेवाको कार्यमा एकजुट भएर जुट्न निर्देशन दिनुभएको थियो । साथै उहाले जनताको मुक्तिको निम्ति पार्टीले दलाल सत्ता खारेज गरेर जनताको सत्ता स्थापना गर्न सबै प्रकारका तयारी गरिरहेकाले सचेत युवाहरू जनमुक्ति सेनामा भर्ती हुनको लागि तयारी अबस्थामा बस्न पनि अनुरोध गरेका थिए ।
उक्त भेलाका बिशेष अतिथि युवा संगठन नेपाल रोल्पाका अध्यक्ष एवम् केन्द्रिय सदस्य प्रज्वलले एकीकृत जनक्रान्तिलाइ तुंगोमा पुर्याउन युवाहरू गाउँ गाउँ बस्ती बस्ती हरुवाट एक भएर जुट्नु पर्ने बेला भएको बताए । साथै पार्टीको आवस्यकता र माग अनुसार युवाहरु जुनसुकै क्षेत्र भूगोलमा काम गर्न पनि तयारी भएर बस्न अनुरोध गरे। रोल्पालि युवाहरुले एकीकृत जनक्रातिमा नयाँ ईतिहास कायम गर्नु पर्ने सुनौलो अबसर प्राप्त प्राप्त भएकाले कुनै पनि हालतमा अबसर उपयोग गर्नु पर्ने बताए । भेलाका अर्का विशेष अतिथि नेकपा रोल्पा जिल्ला सदस्य सन्दीपले भेला सफलताको शुभकामना दिदै जनताको न्याय अधिकार सुनिश्चित गर्न युवाहरु क्रान्तिमा लामवद्द हुन अपिल गरेका थिए ।साथै माडी गाउँ पालिकामा करको दायरा अत्याधिक वृद्धि गरेर जनतालाई हैरानी बनाइरहेकाले यसलाई कुनै हालतमा युवाहरूको सहयोगमा पार्टीले रोक्ने बताए ।

अतिथिहरु नेकपा रोल्पाका सदस्यहरु दिनेश ,नायक ,अविरल ,युवा संगठन नेपाल रोल्पाका सचीव असल , युवा संगठनकै रोल्पा जिल्ला सदस्य इच्छुक , अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य लक्ष्मण , रोल्पा काठमाडौ सम्पर्क मंचका संयोजक रणबहादुर ,दलित मुक्ति मोर्चाका जिल्ला सदस्य गोपाल बिक,युवा संगठन गंगादेवका सदस्य छबि, माडीका पुराना अग्रज कम्युनिस्ट नेता एवम् नेकपाका माडी गाउँ कमिटी सदस्य अमर लगाएतको उपस्थित रहेको थियो भने उक्त भेलामा स्वागत मन्तव्य युवाका प्रबणले गर्नुभएको थियो ।
भेलाका अतिथिहरु नायक,दिनेश ,अविरल ,असल, रणबहादुर र इछुकले भेला सफलताको शुभकामना दिदै एकीकृत जनक्रान्ति तुंगोमा पुर्याउन युवाहरूले रोल्पाका गाउँ बस्तिहरु वाट महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु पर्ने बताएका थिए । लामो समय जेल हिरासत मोर्चा जितेर आउनु भएका पार्टीका जिल्ला सदस्यहरु सन्दीप ,दिनेश र अविरल लाई नेकपा रोल्पाका सेक्रेटरी चन्दले अबिर आवरण गरेर अभिनन्दन एवम् सम्मान गरेका थिए ।
उक्त भेलाबाट कमल अध्यक्ष रहने गरि १७ सदस्यीय युवा संगठन नेपाल माडी गाउँ कमिति निर्वाचित भएको थियो । सामाजिक दुरि कायम गर्दै करिब ३०० जना युवाहरूको उपस्थितिमा भेला भब्य रुपमा सम्पन्न भएको थियो।









