
संयुक्त राज्य अमेरिकामा नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनअघि दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न लागेका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रमुख प्रतिद्वन्द्वी जो बाइडेनबीच पहिलो प्रत्यक्ष बहस सकिएको छ ।
अर्बपति ट्रम्पले कर छलेको भन्नेलगायतका मुद्दा सार्वजनिक भइरहेका बेला उक्त बहस सुरु भएको हो । बाइडनले भने बहस सुरु हुनुभन्दा केही घण्टाअघि मात्र आफ्नो कर विवरण सार्वजनिक गरेका थिए ।
बहस अवधिको ९० मिनेटमा ७३ पटक ट्रम्पले बाइडेनलाई अवरोध गरेका छन् । बहसको अधिकांश समय कोरोना महामारीमा केन्द्रित भएको छ । करिब २० मिनेट कोरोना भाइरस, कोरोनाविरुद्धको खोप, मास्क र ट्रम्प प्रशासनले कोरोना नियन्त्रणमा गरेका कामहरुमा खर्च भएको थियो ।
त्यसैगरी पछिल्लो समय बढेको हिंसा र प्रदर्शनका विषयमा १७ मिनेट खर्च भएको थियो । त्यसैगरी निर्वाचनको विश्वसनीयतामा ११ मिनेट र १० मिनेट मौसम परिवर्तनका विषयमा खर्च भएको थियो ।
बहसमा करिब ३८ मिनेट ट्रम्प बोलेका थिए भने करिब ४३ मिनेट बाइडेन बोलेका थिए । ट्रम्पले बाइडेनलाई ७३ पटक अवरोध गरेका थिए । सन् २०१६ मा हिलारी क्लिन्टनबीचको बहसमा ३७ पटक अवरोध गरेका थिए ।







