सन् १९४९ मा सम्पन्न भएको चीनको नयाँ जनवादी क्रान्तिको संझनामा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले चिनियाँ जनवादी क्रान्तिलाई स्मरण गरेको छ ।

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले जारी गरेको एक प्रेस विज्ञेप्तीमा चिनियाँ नयाँ जनवादी क्रान्तिबाट आज पनि विश्वले धेरैं शिक्षाहरु सिक्न सकिने बताएको छ ।

विज्ञेप्तीको पूरा पाठ –

अक्टोबर १ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक दिन हो । आजकै दिन अर्थात् सन १९४९ अक्टुवर १ का दिन तत्कालीन चिनियाँ कम्युनिफस्ट पार्टीका अध्यक्ष कमरेड माओ त्सेतुङको नेतृत्वमा महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियोे । अर्थात् सन् १९४९ अक्टुवरका दिन चिनियाँ लाल सेना (जनमुक्ति सेना) ले चिनमा सत्ता कब्जा गरेको दिन हो । र, सन १९४९ अक्टुवर १ का दिन कमरेड माओ त्सेतुङले चिनको राजधानी पेचिङ (हालको बेइजिङ) स्थिति तेयनमेनयानच‍ोक रोष्टमबाट जनवादी गणतन्त्र चिनको स्थापनाको घोषणा गर्नु भएको थियो ।

तत्कालीन चिनियाँ परिस्थिति र चिनियाँ विशेषतामा महान् चिनियाँ ,जनताको साथ सहयोग र चिनियाँ लाल सेनाको बलमा चियीया कम्युनिस्ट पार्टीले महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गरेको यस ऐतिहासिक दिनलाई आज पनि विश्वभरका सर्वहारा वर्ग , उत्पीडित राष्ट्र र जनताले स्मरण गर्ने र शिक्षा लिने दिनका रुपमा लिनुपर्ने विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले प्रतिबधा जारेर गर्दछ ।

आजसम्म पनि विश्वका कैयौं मुलुकहरु साम्राज्यवाद र सामन्तवादको शोषण र उत्पीडनबाट मुक्त नभइरहेको वर्तमान परिस्थितिमा विश्वभरका पिछडिएका तथा कृषि प्रधान देशका सामन्तवाद तथा साम्राज्यवादद्वारा उत्पीडित राष्ट्र र मुक्तिकामी जन समुदायले आआफ्नो देशको विशिष्टता र क्रान्तिको वस्तुगत र आत्मगत परिस्थितिका आधारमा क्रान्तिलाई अगाडि बढाएर विजयसम्म पुर्याउनका निम्ति उक्त चिनियाँ नयाँ जनवादी क्रान्तिबाट शिक्षा लिन सकिने कुरामा हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र प्रतिबध्द रहेको कुरा हामी विश्व जनसमुदाय समक्ष अपिल गर्न चाहन्छौं ।

क्रान्तिकारी अभिवादन सहित ।

मिति : १ अक्टुवर २०२०

(केशरमणी कटुवाल)  (हस्तबहादुर केसी )
महासचिव                     अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
काठमाडौं , नेपाल

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार