
पूर्व माओवादी समुहमा रहेका धेरैं नेताहरु यतिबेला केपी ओली समुहमा गएपछि प्रचण्ड हेडक्वाटरमा ठूलो खैलाबैला मच्चिएको छ ।
कुनैबेला प्रचण्डका नजिकका मानिएकाहरु समेत ओलीको गुडलिष्टमा पर्नुलाई अर्थपूर्ण मानिएको छ । ओलीले मन्त्री बनाउन चाहेकामा उपप्रधानमन्त्री भइसकेका टोपबहादुर रायमाझी र मन्त्री भइसकेका हरिबोल गजुरेल छन् ।
गजुरेल त कुनैबेला प्रचण्डका विश्वासपात्र थिए । उनी अचानक बिच्किएका छन् । तर, मन्त्री बन्न नचाहेको बताइरहेका छन् ।ओलीले लेखराज भट्टलाई मन्त्रीमा कायमै राख्न चाहेका छन् । उनले प्रचण्डको साथ छाडिसकेका छन् ।
प्रधानमन्त्री ओली संकटमा पर्दा निकै साथ दिनेमा रायमाझी, गजुरेल र भट्ट पनि थिए । उनीहरुका कारण प्रचण्ड दबाबमा परेका थिए ।
गृहमन्त्री रामबहादुर थापा बादल पनि ओलीले रुचाएकामा परेका छन् । बादलले पनि प्रचण्ड गुट परित्यागको घोषणा मात्र गरेका छैनन् । उनी गृहमन्त्री यथावत रहने चर्चा छ ।
ओलीले आफ्नो समूहबाट ईश्वर पोखरेल प्रदीप ज्ञवालीलाई निकै रुचाएका छन् । उनीहरु सरकारमै रहने सम्भावना छ ।
प्रचण्डले आफूलाई अन्तिम समयमा साथ नदिनेहरुलई सरकारबाट हटाउन चाहेका छन् । उनको तारोमा बादल र लेखराज दुवै छन् । तर, दुवैलाई ओलीले च्यापेपछि मन्त्रिमण्डल पुर्नगठनमा अलमल भइरहेको छ । बहाना जति बामदेव गौतमको मुद्दालाई दिइएको छ ।-







