
एसईईपछि विद्यार्थीले प्राप्त गर्ने लव्धांक निकाल्न ५ सय लाग्नेमा रोल्पामा स्कुलहरुले १८ हजारसम्म लिएकोमा विप्लव नेकपा निकट अखिल क्रान्तिकारीले यस्तो हर्कत रोक्न कडा रुपमा चेतावनी दिएको छ ।
अखिल क्रान्तिकारी रोल्पाका अध्यक्ष शोभाराम रानामगरले एक प्रेस विज्ञेप्ती जारी गरेर नीजि र सरकारी स्कुलले विद्यार्थीबाट भर्नाका नाममा लिएको अधिकतम शुल्कको पनि तीव्र रुपमा विरोध गरेको छ ।
संगठनले यी सबैं गतिविधीहरु तत्काल रोकेर विद्यार्थीमाथि थोपरिएका अन्यायपूर्ण व्यवहार हटाउन माग गरेको छ ।
विज्ञेप्तीमार्फत जारि गरिएको यस विज्ञेप्तीलाई सामान्य खेलाची ठानेर सम्वन्धित स्कुलहरुले आफ्नो गलत गतिविधी नरोके कडा संघर्ष चालिने चेतावनी दिएको छ ।








