
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले कोरोनाका कारण देखाएर श्रमजीवि पत्रकारलाई कामबाट निकालिएकोमा घोर विरोध गर्दै उनीहरुलाई तत्काल पुर्नबहाली गर्न मिडिया मालिकहरुलाई आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र, नेपालका अध्यक्ष हस्तबहादुर केसीले एक प्रेस विज्ञेप्ती जारी गर्दै जबर्जस्ती राजिनामा दिन बाध्ये पार्ने र बदनियतपूर्बक गरिएका सरुवा खारेज गर गर्न समेत अनुरोध गरेको छ ।
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रजारी विज्ञेप्तीमा भनिएको छ –
‘हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र ओली नेतृत्वको दलाल सत्ताले नेपालका मिडिया हाउसहरुले कोभिड-१९ को बहानामा श्रमजीवी पत्रकार र कर्मचारीलाई गरेको ज्यादती, उत्पीडन र अमानवीय कार्यको घोर विरोध र भ्रत्सहाना गर्दछ र सञ्चार गृहका पीडित पत्रकार र कर्मचारी संयुक्त संघर्ष सम्तििद्वारा माग गरिका सम्पूर्ण मागहरू बिनासर्त अविलम्ब पुरा गर्न मिडिया हाउसलाई आग्रह गर्दै श्रमजीवी पत्रकार र कर्मचारीहरुलाई सम्मानपूर्बक व्यवहार गर्न आग्रह गर्द्छ ।’
विज्ञेप्तीको पूरा पाठ –
दलाल सत्ताको संरक्षणमा कोभिड-को बहानामा नेपालका मिडिया हाउसहरुले श्रमजीवी पत्रकार र कर्मचारीहरुलाई जबर्जस्ती राजिनामा दिन बाध्ये पार्ने , अपायक सरुवा गर्ने ,बेतलवी बिदामा राख्ने , जबर्जस्ती निस्कासन गर्ने , सरकारले तोकेको तलवसम्म नदिने जस्ता अमानवीय कार्य गरेकाले उक्त मिडिया हाउसहरुलाई चुनौती दिदै :
(१) कोभिड -१९ को बहानामा जबर्जस्ती निस्कासन गरिएका पत्रकार र कर्मचारीलाई बिनासर्त तत्काल पुनर्बहाली गर !
(२) सरकारले तोकेको पारिश्रमिक अनिवार्य उपलब्ध गर !
(३) जबर्जस्ती राजिनामा दिन बाध्ये पार्ने र बदनियतपूर्बक गरिएका सरुवा खारेज गर !
(४) वेतलवीमा राख्ने कार्य तत्काल बन्द गर !
(५) ६ महिना काम गरिसकेका श्रमजीवीलाई अनिवार्य स्थायी नियुक्ति पत्र उपलब्ध गर !
(६) श्रमजीवी पत्रकार ऐन पूर्णरूपमा कार्यान्वयन गर , ऐन कार्यान्वयन नगर्ने सञ्चार गृहलाई कानुन अनुरुप कार्वाही गर !
समेतका ६ बुँदे माग राखेर सञ्चार र गृहका पीडित पत्रकार र कर्मचारी संयुक्त संघर्ष समितिद्वारा मिति २०७७ असोज १५ गतेदेखि काठमाडौंको नयाँ बानेश्वरमा पाँच दिने रिले अनसन सहितका संघर्षका कार्यक्रमहरुप्रति विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले ऐक्यबद्धता जाहेर गर्दछ ।
साथै हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र ओली नेतृत्वको दलाल सत्ताले नेपालका मिडिया हाउसहरुले कोभिड-१९ को बहानामा श्रमजीवी पत्रकार र कर्मचारीलाई गरेको ज्यादती, उत्पीडन र अमानवीय कार्यको घोर विरोध र भ्रत्सहाना गर्दछ र सञ्चार गृहका पीडित पत्रकार र कर्मचारी संयुक्त संघर्ष सम्तििद्वारा माग गरिका सम्पूर्ण मागहरू बिनासर्त अविलम्ब पुरा गर्न मिडिया हाउसलाई आग्रह गर्दै श्रमजीवी पत्रकार र कर्मचारीहरुलाई सम्मानपूर्बक व्यवहार गर्न आग्रह गर्द्छ ।
क्रान्तिकारी अभिवादन सहित ।
मिति : ४ अक्टुवर २०२०
(हस्तबहादुर केसी )
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
काठमाडौं , नेपाल







