कोरोना कहरले सिंगो मानवजातीलाई गिजोलिरहेको बेला ओली सरकारले भने विप्लव नेतृत्वको नेकपाका नेता-कायकर्तालाई गिरफ्तार गरेर दुख दिने काम गरिरहेको छ ।

यसै क्रममा नेकपा नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई जिल्ला अदालत ललितपुरको आदेशमा सोमबार रिहा हुनेबित्तिकै उनलाई प्रहरीले सातौँपटक गिरफ्तार गरेको छ ।

अहिले नेता वीरजङ्गलाई गिरफ्तार गरेर पुनः काठमाडौँको कमलपोखरी प्रहरीमा राखिएको छ । कोरोना भाइरस सङ्क्रमणलगायत विभिन्न रोगले पीडित नेता वीरजङ्गको स्वास्थ्य अवस्था निकै नाजुक रहेको भन्दै उनको परिवारले चिन्ता व्यक्त गरेको छ ।

यसअघि दाङ, काभ्रे, भोजपुर, सुनसरीलगायत ६ ठाउँबाट रिहा भए पनि प्रहरीले नेता वीरजङ्गलाई राजनीतिक आस्थाका आधारमा गिरफ्तार गरेर पटकपटक गिरफ्तार गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार