विप्लव नेकपाको ताम्सालिङ स्वायत्त प्रदेशले कारोनाका क्रममा सर्वसाधारणसँग चर्को ब्याज असुल्ने, किस्ता उठाउने र लिलाम बिक्रीको सूचना प्रकाशित गर्ने काम तत्काल रोक्न चेतावनी दिएको छ ।

ताम्सालिङ स्वायत्त प्रदेश, ताम्सालिङ प्रादेशिक जनपरिषद्का प्रमुख लामाले एक प्रेस विज्ञेप्ती जारी गरेर यस्ता हर्कत रोक्न सम्वन्धित पक्षलाई चेतावनी दिएका छन् ।

ताम्सालिङ जनसत्ता प्रमुख माणिक लामाले विज्ञप्ति जारी गरी विभिन्न सेवाशुल्क र जरिबानाका नाउँमा बैङ्क तथा वित्तीय संस्थाले रकम असुल्ने, बिचौलिया, दलाल खडा गरी मौका छोपी निमुखा, गरिब, सोझासीधा जनताको सम्पत्ति खाने, हडप्ने र जनतालाई कङ्गाल बनाउने षड्यन्त्र गरेकाले यस खालको हर्कत रोक्न चेतावनी दिएका हुन् ।

लामाले विज्ञप्तिमा भनेका छन् –

‘यस्तो विषम र जटिल परिस्थितिको ख्याल नै नगरी नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिनियमलाई समेत चुनौती दिई बैङ्क तथा वित्तीय सङ्घ (सहकारी) समेतले चर्को ब्याज असुल्ने, किस्ता उठाउने र लिलाम बिक्रीको सूचना प्रकाशित गर्ने, विभिन्न सेवा शुल्क र जरिबानाको नाउँमा रकम असुल्ने, बिचौलिया, दलाल खडा गरी मौका छोपी निमुखा, गरिब, सोझासीधा जनताको सम्पत्ति खाने, हडप्ने र जनतालाई कङ्गाल बनाउने षड्यन्त्र गरिआएकाले तत्काल यस खालको हर्कत रोक्न हामी अपिल गर्दछौँ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार