स्वास्थ्य अनुसन्धानकर्ताहरूले कोरोनाका कारण आगामी ३ महिनामा थप १० लाख मानिसको मृत्यु हुने बताएका छन्।

पृथ्वीको उत्तरी गोलार्दका देशहरूमा जाडो सुरू भएसँगै यसमा तीब्र वृद्धि देखिनसक्ने उनीहरूको भनाइ छ।

सोमबार विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले हाल विश्वका १० प्रतिशत मानिसलाई संक्रमण भइसकेको अनुमान पेस गरेको थियो, जुन अहिले प्रामाणिक संख्याको २० गुना बढी हो। उसले आगामी समयमा कठिन दिनहरू आउने चेतावनी दिएको छ।

अमेरिकाको युनिभर्सिटी अफ वासिङ्टनको इन्सिट्यूट अफ हेल्थ मेट्रिक्स तथा इभ्यालुएसनको अनुमान अनुसार वर्षको अन्त्यसम्म २३ लाखको आसपासमा मानिसहरूको मृत्यु हुनसक्नेछ।

यस अनुमानलाई डब्लुएचओको सहयोगी केन्द्र ‘सेन्टर फर नलेज ट्रान्सेलेसन एण्ड हेल्थ टेक्नोलोजी एसेसमेन्ट इन हेल्थ इक्विटीका सह-निर्देशक जेनेट ह्याचर रोबर्ट्सले यो वृद्धिले त्यो वोध गराउने बताएकी छन्।

‘महामारी दिइएको सामान्य प्रसार भन्दा बढिरहेको छ र सत्य के हो भने यो भाइरस एकदमै संक्रामक छ’, उनले भनिन्, ‘यसले अर्थ राख्छ किनकी हामीले रोकथामका उपायहरूलाई कडाइकासाथ समन्वित र व्यवस्थित तरीकाले पालना गरिरहेका छैनौं। यसले हाम्रो महामारीविरूद्धको हाम्रो दक्षतामा छिद्रहरू छोडेको छ।’

मानिसहरू ‘महामारीको थकान’ महशुस गरिरहेका छन् र स्वास्थ्य सल्लाहहरूलाई उपेक्षा गर्न थालेका छन्। जसले महामारी छैन भनेर यसलाई अस्विकार गर्नुको मतलब महामारी अझै निरन्तर बढिरहने ह्याचर बताउँछिन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार