स्थापित प्रगतिशील लेखक साहित्यकार तथा पत्रकारहरुले नेपालको नयाँ नक्सासहितको पाठ्यपुस्तक वितरण र पठनपाठन रोक्ने सरकारको निर्णय आपत्तिजनक भएको भन्दै घोर विरोध गरेका छन् ।

चर्चित ९२ जना लेखक तथा पत्रकारहरुले सरकारले पठनपाठनमा रोक लगाउनु गंभीर भूल भएको बताएका छन् ।

लेखकहरुद्धारा जारी गरिएको विज्ञेप्तीमा भनिएको छ –

“हालै नेपाल सरकारले भारतद्वारा अतिक्रमित कालापानी लिम्पियाधुरासहित क्षेत्रको समावेश गरी संसदबाटै पारित भएको र संविधानमा समेत अङ्कित गरिएको नेपालको नया नक्साले राष्ट्रिय अस्मिताबोधलाई सम्बल दिइरहेका बेला सरकारले फेरि दुई पाइला पछाडि सरेर उक्त नक्सा समावेश गरी तयार पारिएको विद्यालय तहको पाठ्यपुस्तक वितरण र पठनपाठनमा रोक लगाएकोमा हामी तपसिलका लेखकहरूको तीव्र आपत्ति रहेको छ ।”

वक्तव्य जारी गर्ने यी हुन् लेखक तथा पत्रकारहरु –

१. निनु चापागाईं, २. प्रा. डा. जगदीश चन्द्र भण्डारी, ३. रोशन जनकपुरी, ४. इस्माली, ५. आहुति, ६. डा. कृष्णराज अधिकारी, ७. नवीन विभास, ८. प्रा. डा. नन्दीश अधिकारी, ९. हीरामणि दुःखी, १०. खेम थपलिया, ११. निभा शाह। १२. कर्णबहादुर थापा, १३. कुमार थापा, १४. प्रा. श्रीधर अधिकारी, १५. डा. रामप्रसाद ज्ञवाली १६. लोकराज रेग्मी, १७. तक्मा के. सी., १८. मोदनाथ मरहट्टा, १९. विष्णु भण्डारी, २०. बलराम तिमिल्सिना, २१. सङ्गीत स्रोता, २२. विनोदविक्रम के. सी., २३. राजु स्याङ्तान २४. डा. सुकुम शर्मा। २५. यादवराज उपाध्याय, २६. प्रा.डा. ताराकान्त पाण्डेय, २७. परशुराम कोइराला, २८. नुमराज बराल, २९. पोषराज पौडेल, ३०. भीम रानाभाट, ३१. सीता शर्मा, ३२. गौरी दाहाल, ३३. शोभा दुलाल, ३४. राजेश बान्तवा, ३५. डा. विदुर वस्ती ३६. प्रभात सापकोटा, ३७. पूर्णबहादुर अधिकारी, ३८. छायादत्त न्यौपाने, ३९. देवेन्द्र लम्साल ४०. रविकिरण निर्जीव, ४१. ईश्वरी ओझा, ४२. अनिल श्रेष्ठ, ४३. हुकुमबहादुर सिंह, ४४. उमेश आचाय, ४५. कल्पना चिलुवाल, ४६. कृष्णहरि भट्ट, ४७. कुमार शाह, ४८. पञ्चकुमारी परियार, ४९. विष्णु न्यौपाने, ५०. वसन्त बोगटी, ५१. असल पाख्रिन, ५२. जय दाहाल, ५३. इन्द्र राउत, ५४. सुनिता बुढाथोकी, ५५. चित्रनारायण थारू, ५६. नारायण मरासिनी, ५७. बन्दना ढकाल, ५८. शीला योगी, ५९. खगेश्वर भण्डारी, ६०. प्रकाश खनाल ६१. कमल निओल, ६२. राजेन्द्र पौडेल, ६३. सिर्जना ढकाल, ६४. इन्दिरा अधिकारी, ६५. ईश्वरी गुरागाई, ६६. विष्णु नेम्बाङ्, ६७. खोमा तरामु मगर, ६८.कला अनुरागी, ६९. शकुन्तला जोशी, ७०. विकास लुङ्गेली, ७१. काजी गाउँले, ७२. घनश्याम शर्मा पौडेल, ७३. केदार श्रेष्ठ, ७४. शैलज पौडेल, ७५. प्रतिमा पोखरेल, ७६. रेशम विरही, ७७ गोपालबाबु मरहट्टा, ७८. शरद पौडेल, ७९. अर्जुन ढकाल, ८०. राजेन्द्र घायल, ८१. सुरज उपाध्याय, ८२. कुशल बोगटी, ८३. अशोक सुवेदी, ८४. सरल माझी, ८५. आरोह नेपाली, ८६. लम्जेल सङ्घर्षशील, ८७. मुक्तान थेबा, ८८. अग्निराज पौडेल, ८९. विमला चन्द, ९०. ढुण्डीराज अधिकारी, ९१. केशाङ लामा, ९२. मित्रलाल पंज्ञानी रहेका छन् ।

वक्तव्यको अन्तमा भनिएको छ, “आफ्नो भूगोलबारे सुसूचित हुने र त्यसको ऐतिहासिकता थाहा पाउने अधिकार साना उमेरका बालबालिकालाई पनि छ र राष्ट्रिय भावधाराको विकासका सन्दर्भमा त्यसको दूरगामी महत्व पनि छ । अतः नयाँ नक्सा समावेश गरिएको पाठ्यपुस्तक वितरणमा रोक लगाउने यो निर्णय तत्काल फिर्ता लिन र पाठ्यपुस्तकको वितरण सुचारु गर्नुका साथै अतिक्रमित भूमि फिर्ताको प्रक्रियालाई अघि बढाउन सरकारले आवश्यक र उपयुक्त पहल गरोस् भनी हामी जोडदार माग गर्दछौं ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार