
संसदवादी नेकपाभित्र जुन विवाद देखिएको छ, त्यो अहिले मत्थर हुने संकेत देखिदैछ । एमसीसी कार्यान्वयन गर्न केपी ओलीले आफ्नो अनुकूलको राजदूत नियुुक्त गरिसकेका छन् । पार्टीभित्र आफ्नो आधार बलियो बनाइसकेका छन् र सबैतिरबाट त्यसको तयारी गरेको देखिन्छ ।
हिजो पार्टीमा एमसीसीका विरुद्ध बोल्ने नेताहरुको आवाज बन्द गर्नुले नेपालको संसद कुनैं सार्वभौम संसद नभएर केही दलालहरुको कठपुतली मात्र हो भन्ने प्रमाणित हुन्छ ।
एमसीसीको पक्षमा नेपाली कांग्रेस दलालीको लाज नमानी नांगै हिडेको छ, ज्यान छोडेर हिँडेको छ । यसरी हेर्दा नेपालको सिंगो संसद, सरकार र कांग्रेस सबैं एकमतका साथ जान खोजेको देखिन्छ । यो अवस्थामा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले त्यसको प्रतिरोध गर्ने, त्यसका विरुद्ध जनता परिचालन गर्ने र एमसीसी पारित हुन नदिने गरी संघर्ष गर्नुबाहेक कुनैं विकल्प छैन ।
जहाँसम्म एमसीसीको परिणाम के हुन्छ भन्ने कुरा छ, त्यसमा नेपालले अपनाएको विदेशनीतिको विपरित जाने हुन्छ । त्यो भनेको असंलग्न विदेश नीतिका विरुद्धमा जान्छ । दोस्रो नेपाल पनि अमेरिकी सेनाको व्यारेकमा बदलिने संभावना रहन सक्छ । तेस्रो क्षेत्रीय तनाव पैंदा हुनसक्छ । चौथो प्राकृतिक स्रोतहरुको साम्राज्यवादी दोहनका कारण नेपाली जनता कंगाल हुने अवस्था आउँछ । पाँचौं नेपालमा हुने समाजवादी क्रान्तिका विरुद्ध षडयन्त्रहरु बुनिनेछन् ।
विप्लव नेकपाका नेता धमेन्द्र बास्तोलासँग रातोखबरले लिएको अन्तर्वार्ताको सानो अंश ।







