१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको माथागढी गाउँपालिका–४ मलेबास बस्ने १९ वर्षीय विराज ज्ञवालीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
विराजले ती बालिकालाई गत भदौ ९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी माथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो
यता, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–६ बगेवा बस्ने २० वर्षीय रबिन कुमार दासलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।







