
प्रधानमन्त्री केपी शर्मा ओलीले भरसक दशैं अघि मन्त्रीमण्डल पुर्नगठन गर्ने छाँट देखाएका छैनन् । तर, गर्नैपर्ने उनको सूची तयार छ ।
ओलीले आफ्नो सूचीबाट मात्र नभई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सूचीमा समेत आफ्ना मान्छे पार्न चाहेका छन् ।ओलीको सूचीमा इश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, लेखराज भट्ट र भानुभक्त ढकालले निरन्तरता पाउने बुझिएको छ ।
विष्णु पौडेललाई अर्थ दिने, भीम रावल, सुरेन्द्र पाण्डे, तुलसा थापा, महेश बस्नेत र किसान श्रेष्ठलाई पनि मन्त्री बनाउने तयारी छ । तुलसालाई मन्त्री बनाएर वामदेव गौतमलाई चुप लगाउने ओलीको तयारी छ ।
यसपटक गिरिराजमणि पोखरेल, धनश्याम भुषाल, पद्मा अर्याल, शक्ति बस्नेत, हृदयश त्रीपाठी, रामेश्वर राय पनि हट्ने सम्भावना छ । पूर्व माओवादीबाट विना मगरलाई पनि निरन्तरता नदिने ओलीको चाहना रहेको बुझिएको छ ।
प्रचण्डले जर्नादन शर्मा, पम्फा भुषाल, देव गुरुङ, मातृका यादव र देवेन्द्र पौडेललाई मन्त्री बनाउन चाहेका छन् । यी नाम बालुवाटार पुगेको छ । तर, ओली गुरुङ र यादवलाई मन्त्री बनाउन चाहिरहेका छैनन् । उनको चाहना टोपबहादुर रायमाझी र प्रभु शाहको नाम आओस् भन्ने रहेको बुझिएको छ ।
रायमाझीले पछिल्लो समय ओलीलाई साथ दिइरहेका छन् । प्रभु शाह माधवकुमार नेपाललाई रौतहटमा अप्ठ्यारो पार्ने क्षमता राख्छन् ।







