चर्चित नायिका रेखा थापाले नेत्र विक्रम चन्द विप्लवले देशको नेतृत्व गरेको हेर्न चाहेको बताएका छन् ।

नेपालमा कांग्रेस, एमालेदेखि जनयुद्ध लडेर आएको माओवादी पार्टी र यसका नेताहरु समेत देश संचालन गर्न असफल भएको बताउँदैं अब विप्लवले नैं देश संचालन गर्ने
हेनै चाहेको रेखाको भनाई छ ।

एपी टेलिभिजनमा अन्तर्वार्ता दिदैं नायिका थापाले जनयुद्धबाट आएकामध्ये प्रचण्ड र बाबुरामहरु सबैं असफल भएको बताउँदैं अब विप्लव मात्र परिक्षण हुन बाँकी रहेकोले उनको नेतृत्वमा देश बदलिएको हेर्न चाहेको बताएकी छिन् ।

साथैं उनले विप्लवले प्रचण्ड नेतृत्वको माओवादीसँग विच्छेद गर्दा सारा सांसद मन्त्री त्यागेर निश्वार्थ भएर भूमिगत राजनीति गरेको भन्दैं अब छिट्टैं विप्लवको नेतृत्वमा देश बदलिएको हेर्न चाहेको बताएकी छिन् ।

नायिका थापाले प्रचण्ड कि विप्लव रोज्ने भन्ने विकल्पमा उनले विप्लव नैं रोजेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार