२१ वाम राजनीतिक दलले एमसीसी विरोधी कार्यक्रम गरेका छन् । काठमाडाैंको माइतीघर मण्डलामा एमसीसी विरोधी दलहरुले चर्का नाराबाजी गरेर एमसीसी परियोजना खारेज गर्नुपर्ने नारा लगाएका थिए ।

सो विरोध कार्यक्रममा सहभागीहरुले विप्लव नेकपामाथि लगाएको प्रतिवन्धको विरोध गरेका थिए । एमसीसी विरोधी २१ दलहरुले थप विरोध कार्यक्रम लैजाने बताएका छन् ।

प्रदर्शनमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले),राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल नेपाल कम्युनिस्ट पार्टी,नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च,  जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, सहभागी थिए ।

साथैं नेपाल वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,  नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एम.सीसी खारेज अभियान,पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल) र ने.क.पा. (माओवादी) का नेता कार्यकर्ता सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार