
अछाम संवाददाता ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि अछामले तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मा लाई जनअदालतको कार्यालय अछाममा हाजिर गरि साेधपुछ गरेकाे छ ।
गत असाेजसम्म अछाममा कोरोना रोकथाम ,नियन्त्रण र व्यवस्थापनमा मात्रै करिव ११ करोड २ लाख ७ सय ३३ भन्दा वढि खर्च भएको थियो । काेराेना महामारी राेकथामका नाममा भएकाे खर्च विवरणकाे स्पष्ट हिसावकिताव र स्थानिय निर्वाचन पछिकाे प्रगति प्रतिवेदनकाे विषयमा अाफुहरुले साेधपुछ गरेकाे नेकपा अछामका कार्यालय सचिव लक्ष्मणले बताएका छन् ।
र्माखाद गाउपालिकाले एक कराेड छ लाख वईसट्ठि हजार दुई सय साेर्ह रुपैया खर्च भएको तथ्य गत असाेजमा सार्वजनिक गरेको थियो। सोहि विषयमा व्यापक जनगुनासो आएपछि गाउपालिका अध्यक्ष शर्मालाई जनअदालतको कार्यालय अछाममा हाजिर गराई सोधपुछ गरिएको हो । कोरोना कहरकै विच अछाममा अधिकांश स्थानिय तहले त्यहाँका जनप्रतिनिधि र कर्मचारीको मिलोमत्तोमा व्यापक अनियमितता भएका उजुरि जनपरिषद्को कार्यालयमा परेको नेकपा स्रोत अछामले वताएको छ ।
आफुहरु सवै तहको अनुगमन गरिरहेको र यदि अनियमितता गरेको भेटिएमा जनपरिषद् नेपाल को निर्देशिकाको आधारमा कार्वाहि गरि छोड्ने जिल्ला जनपरिषद् प्रमुख सौगातले वताए ।अध्यक्ष शर्मालाई जनअदालतमा सोधपुछ गरि ७ दिनमा जवाफ दिनेगरि साधारण तारिखमा रिहा गरेको नेकपा निकट स्रोत ले वताएको छ ।
यस विषयमा विस्तृत वुझ्नका लागि हामिले गाउपालिका अध्यक्ष पुष्प शर्मालाई सम्पर्क गर्न खाेज्दा उहाकाे फाेन उठ्न सकेन ।







