कुनैं समय प्रचण्डका सारथीका रुपमा चिनिने टोपबहादुर रायमाझीलाई प्रधानमन्त्री केपी ओलीले दशैंअघि नै उपप्रधानसहित रक्षामन्त्री बनाउने भएका छन् ।
प्रधानमन्त्री ओलीले हालै गरेको मन्त्रिपरिषद हेरफेरमा ईश्वर पोखरेलसँग खोसेर रक्षा मन्त्रालय आफैंसँग राखेका छन् । पार्टीमा संकटमा परेको बेला आफूलाई साथ दिएका नेताहरुलाई ओलीले छानी छानी अवसर दिएका छन् ।

अब रक्षा मन्त्रालयको नेतृत्वमा प्रधानमन्त्री ओलीले पूर्व माओवादी खेमाका नेता टोपबहादुर रायमाझीलाई ल्याउने तयारी गरेका छन् । यसको लागि ओलीले आफूनिकट नेताहरुसँग आज विहान परामर्श गरेका थिए । उक्त छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि सहभागिता थियो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेतद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतमले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राखेर मोर्चाबन्दी गर्दा रायमाझीले ओलीलाई साथ दिएका थिए ।

उनले एकता महाधिवेशनसम्म ओलीलाई नै निरन्तरता दिनेबारे आफ्नो सार्वजनिक अभिव्यक्ति दिएका थिए । र, उनले आफूलाई ओलीकै खेमामा उभ्याएका थिए । रायमाझीले पूर्व माओवादी केन्द्रका नेताहरु प्रभु साह, हरिबोल गजुरेल, लेखराज भट्ट र मणि थापालगायतका नेताहरुलाई पनि ओलीकै पक्षमा उभ्याएका थिए ।

ओलीले रायमाझीको त्यही गुण तिर्नको लागि पनि यसपटक उपप्रधानसहित रक्षा मन्त्रालयको नेतृत्व दिने तयारी गरेका छन् ।रायमाझी यसअघि नै उपप्रधानमन्त्री भैसकेको व्यक्ति भएकोले यसपटक पनि उपप्रधानमन्त्री नै दिएर रायमाझीको प्रोटोकल म्यानेज गर्ने बालुवाटारको योजना छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार