विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटीले सरकारले कोरोना नियन्त्रण गर्ने नाममा करोडौं भ्रष्टचार गरेको भन्दैं भ्रष्टचारीहरुलाई कार्वाह गर्ने चेतावनी दिएको छ ।

नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले एक विज्ञेप्ती जारी गरेर कोरोनाका लागि सर्वसाधारणलाई निशुल्क परिक्षण र उपचार प्रदान गर्न सरकारकारलाई आग्रह समेत गरेका छन् ।

सरकारको गलत रवैका विरुद्ध पार्टीले चरणबद्ध आन्दोलनको समेत घोषणा गरेको छ । यसैक्रममा यही कार्तिक १५ गते कोणसभा, कार्तिक १७ गते प्रचा वितरण र २० गते नारा जुलुश निकाल्ने भएको छ ।

आम नागरिकलाई निशुल्क स्वास्थ्य जाँच र उपचारको माग गर्दै कोरोना महामारीका नाममा भ्रष्टचार र व्यापारीकरण रोक्ने र भ्रष्टचारीलाई कार्वाही गर्ने बताएको छ ।

विज्ञेप्तीमा महासचिव विप्लवले सरकारलाई कोरोना महामारी नियन्त्रणमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैलाई विशेष आर्थिक सुरक्षा र सुविदा प्रदान गर्न अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार