सामाजिक अभियन्ता एवं राष्ट्रिय जागरण मंचका नेता नरबहादुर कार्की आज काठमान्डौबाट गिरफ्तार भएका छन्।

कोरोना संक्रमणको उपचार खर्च उपलब्ध नगराउने सरकारी निर्नायकाबिरुद्ध मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) लगायतका २१ राजनीतिक संगठनहरुले आज काठमाडौंको माइतीघर मण्डलामा आयोजना गरेको शान्तिपूर्ण बिरोध प्रदर्शन सकिए लगत्तै प्रहरीले कार्कीलाई गिरफ्तार गरेको हो।

कार्की त्यस २१ दलीय मोर्चाको एक घटक राष्ट्रिय जागरण मंचका केन्द्रीय सचिब पनि हुन्। उनलाई हाल महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौको हिरासतमा राखिएको प्राप्त समाचारमा जनाइएको छ।

यसैबीच २१ दलीय मोर्चाले आजै एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै कार्कीको गिरफ्तारीको बिरोध गरेको छ। २१ दलीय राजनीतिक संगठनहरुको कार्यगत एकताको तर्फबाट संयुक्त रुपमा जारी बिज्ञप्तिमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको कार्यक्रममा गरिएको गिरफ्तारीको घोर भत्र्सना गर्दै गिरफ्तार कार्कीलाई अविलम्ब रिहाई गर्न सरकार सँग जोडदार माग गरिएको छ।

वक्तव्यको पूर्ण पाठ
कोभिड १९ का विरामीहरुको निःशुल्क उपचार सम्वन्धी विषयमा विद्यमान संविधानव्दारा प्रदत्त अधिकारलाई समेत हरण गर्ने गरी सरकारले उपचार खर्च नदिने निर्णय गरेकोमा त्यसलाई फिर्ता लिन दवाव सिर्जनागर्नका लागि २१ राजनीतिक संगठनहरुको कार्यगत एकताव्दारा आज काठमाडौंको माइतीघर मण्डलामा शांतिपूर्ण कार्यक्रम आयोजना गरिएको थियो । २१ संगठन मध्येको एउटा घटक, राष्ट्रिय जागरण मंचका तर्फबाट उक्त कार्यक्रममा सहभागि हुनु भएका नर बहादुर कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । शान्तिपूर्ण रुपमा सम्पन्न भएको कार्यक्रममा गरिएको यो गिरफ्तारीको हामी घोर भत्र्सना गर्दछौं र उक्त कार्यक्रममा सहभागि नर बहादुर कार्र्कीलाई अविलम्ब रिहाई गर्न सरकारसँग जोडदार माग गर्दछौं ।
कार्यगत एकतामा सम्मिलित २१ राजनीतिक संगठनरु
१.नेकपा(मशाल) २.नेकपा(क्रान्तिकारी माओवादी) ३.नेकपा(माले) ४.राष्ट्रिय जनमोर्चा, नेपाल ५.देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६.नेपाल कम्युनिष्ट पार्टी, ७.नेकपा(माओवादी केन्द्र), ८.राष्ट्रिय जागरण मंच ९.जन समाजवादी पार्टी १०.नेकपा(संयुक्त) ११.राष्ट्रिय जागरण परिषद, नेपाल १२.वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्र्टी १३.नेकपा(बोल्शेविक), १४.राष्ट्रवादी केन्द्र, नेपाल १५.एम् सी सी खारेज अभियान, १६.पुष्पलाल अध्ययन समाज, १७.सर्वहारा कम्युनिष्ट पार्टी(माओवादी) १८.माक्र्सवादी एकता अभियान, १९.नेकपा(माक्र्सवादी), २०.नेकपा माक्र्सवादी(पुष्पलाल) र २१. ने क पा (माओवादी) ।
सी पी गजुरेल
(२१ संगठनको कार्यगत एकताका तर्फबाट)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार