कोरोनाको कहरले दुवै देश आक्रान्त छन् । यही असाधारण परिस्थितिमा भारतीय गुप्तचर संस्थाका प्रतिनिधि काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन घण्टासम्म गफिनुको औचित्य के हो भन्ने प्रश्न उठिरहेको छ ।

विशेष विमानमा नौजनासहित आएका गोयलले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुसँग भेटेका छन् । उनको यो भेट आफैमा अर्थपूर्ण छ ।

गोयलले व्यस्त बसाईंमा सुरक्षासम्वद्ध व्यक्तिहरुसँग पनि भेट गरेको बुझिएको छ । उनले अधिकांश भेट गोप्य स्थानमा बसेर गरेको बुझिएको छ ।

रअ प्रमुख भएलगत्तै गत वर्ष पनि गोयल नेपाल आएर शिर्ष नेताहरुसँग भेटवार्ता गरी फर्किएका थिए । यसपाली उनको भ्रमणलाई अर्थपूर्ण मानिएको छ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार