
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मात्रिका यादवले पार्टीभित्र विधि र विधानलाई नेताहरुले फलो नगरेकोले पार्टीमा भद्रगोल पैदा भएको बताएका छन् ।
ऋषि धमलासँग कुरा गर्दै उनले पार्टी निर्माण गर्दा नै अस्पष्ट विचारले गर्दा यस्तो बताएका हुन् ।
उनले सरकारी नेकपामा सबैलाई सांसद र मन्त्री सबै पुगेको बेला पार्टी तत्काल नफुट्ने दाबी गरे । भने,‘यस्तो मोजमस्ती छ हामीलाई, क्रान्ति गर्नुछ र हामीलाई ? म चाहीँ अब क्रान्तिकारी छैन् ।’ उनले आफूहरुले गरेको जनयुद्धले केही उपलब्धि भएन ? भन्नु गलत हुने बताए । उनले भने,‘जनयुद्धकै बलमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको हो । धेरै उपलब्धि भएका छन् । समानूपातिक प्रतिनिधित्व भएको छ । केही भएन भन्न मिल्दैन् । जुन प्रकारले अघि बढ्नुपर्ने थियो । त्यसरी अघि बढेको छैन् ।’
उनले तपाईहरुको पार्टी किन एक ढिक्का भएर अघि बढ्न सकेन ? भनेर सोधेको प्रश्नमा उनले भने,‘सुरुमा पार्टी एकता गर्ने बेलामा पनि प्रचण्डसँग भनेको थिएँ कि यो ठिक भएको छैन् । विचारमा स्पष्ट नभईकन एकता गनुृहुँदैन थियो भनेर मैले भनेको थिएँ । एकता बचाउनको लागि हामी जे–जे गर्नुपर्ने हो, त्यो गरिराखेका छौं । हामी एकताविरोधी होईन् । सही र गलतको बीचमा बहस चलाउने हो ।’







