प्रधानमन्त्री ओलीले प्रचण्डलाई फकाउने प्रयासँगै आफूसँग असन्तुष्ट अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि संवादको हात अघि बढाएका छन्।

उनले दसैँको भोलिपल्ट मगंलबार नेपाललाई बालुवाटार बोलाएर करिव १ घण्टा छलफल गरेको नेपाल निकट एक नेता बताउँछन्।

तर ओली र नेपालबीचको छलफलले कुनै ठोष रुप नलिएको ति नेताको भनाई छ। पार्टी निर्णयहरुलाई पटक–पटक उल्लंघन गर्ने प्रवृत्ति ओलीमा झाँगिएपछि प्रचण्डजस्तै नेपाल पनि उनीसँग असन्तुष्ट छन्।

यसअघि ओलीले मन्त्रिपरिषद् हेरफेर र कर्णाली विवादलाई लिएर प्रचण्डसँग असमझदारी कायमै रहेका बेला ओलीले कार्तिक ४ गते दिउँसो नेपालसँग भेटेर सहकार्यको प्रस्ताव अघि सारेका थिए। त्यसअघि ओली र नेपालले गत साउन ९ गते मध्यरातमा भेटेका थिए।

एकलौटी कार्यशैली, पार्टी निर्णय उल्लंघनको निरन्तरता दिँदै आएका ओलीले गत असार १४ गते आफूलाई हटाउन भारतीय पक्ष जुटेको आरोप लगाएपछि उनी पाटीभित्र पुनः अल्पमतमा परेका थिए।

प्रचण्डलगायत नेताहरुले ओलीले दुवै पदबाट राजीनामा गर्नुपर्ने माग चर्कोरुपमा उठेको थियो । खासगरी कार्यविभाजनलाई लिएर ओली र दाहालको कटुता झाँगिएपछि पार्टी विभाजनको डिलमै पुगेपछि ३० साउन समस्या समाधान सुझाव कार्यदल गठन गरिएको थियो।

कार्यदलले ओली र दाहालको कार्यविभाजनसहित प्रतिवेदन तयार पारी भदौ ६ गते आफ्नो प्रतिवेदन बुझाएको थियो। त्यसलाई परिमार्जन गरी २५ भदौँको स्थायी कमिटी बैठकले पारित गरेसँगै नेकपामा युद्धविराम भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार