यतिबेला नेकपाभित्र ओली हटाउन अविश्वासको प्रस्ताव सम्मको तयारी भएको छ । यसमा प्रचण्ड र माधवकुमार नेपालबीच सहमति बनेको विषय बाहिर आइसकेको छ ।

यी दुई नेता एकजुट भएमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म बहुमतको अवस्था छ । तर, संसदीय दलमा ओली या उनी इतर समूहमध्ये कसैको बहुमत रहे नरहेको स्पष्ट छैन । दशैंभर ओली पक्षधरले सांसदहरुको हस्ताक्षर संकलन गरेर तयारी गरेको विषय बाहिर आएको छ । उनी इतर समूहले पनि हस्ताक्षर सुरक्षित राखेको छ ।

नेकपाभित्र ओली र प्रचण्डबीच विवादले चर्को रुप लिंदा माधवकुमार नेपाल झन् शक्तिशाली बन्दै गएका छन् । अब उनले जुन पक्षलाई साथ दिन्छन् उही बलियो हुनेछ । यसकारण नेपाल निर्णायक शक्ति बनेका छन् । ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन माधव नेपालले प्रचण्डलाई साथ दिनुपर्ने हुन्छ । अविश्वासको प्रस्ताव रोक्न पनि माधव नेपालकै भूमिका निर्णायक हुन्छ ।

आफूविरुद्ध घेराबन्दी भएको र सत्ता ढाल्ने खेल बढेको सूचना पाएर ओलीले माधव नेपालसँग हात मिलाउन खोजेका छन् । उनले दशैं अगाडि माधव नेपालसँग बालुवाटारमा भेटेर गत मङ्गलबार पनि महत्वपूर्ण कुराकानी गरी राजनीतिक लेनदेनको कुरा गरे । तर, नेपाल विश्वस्त हुन सकेका छैनन् ।

बालुवाटारमा प्रधानमन्त्री ओलीले आफ्नो कोर टिमसँग रणनीतिक छलफल सुरु गरेका छन् । उक्त छलफलमा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सहभागी छन् । फूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने हल्ला चलिरहेको बेला बालुवाटारमा ओलीले आफ्नो कोर टिमसँग सल्लाह गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार