
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना दुई छोरीहरूलाई सुटुक्क नयाँ दिल्ली पठाएको खुलासा भएको छ ।
कात्तिक ११ गते झापा जिल्लाबाट भारत प्रवेश गरेर बागडोरा विमानस्थल हुँदै रेणु दाहाल र गंगा दाहाल नयाँ दिल्ली गएको उच्च स्रोतले जनाएको छ । दिल्ली भ्रमणका विषयमा रेणु र गंगाले केही भनेका छैनन् ।
भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्त गोयलले काठमाडौं भ्रमण गरेर फर्किए लगत्तै प्रचण्डले छोरीहरूलाई नयाँ दिल्ली पठाएका हुन् । छोरीहरूले नयाँदिल्लीको सन्देश लिएर आएपछि दाहाल प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटारमा दाहालले ओलीसँग कड्किएर कुराकानी गरेका थिए ।
छोरीहरू रेणु र गंगाको नयाँदिल्ली भ्रमणपछि दोस्रो वरीयताका अध्यक्ष दाहालको फुर्तीफार्ती बढेको नेकपाभित्र चर्चा हुन थालेको छ । भारतले जाने व्यवस्थापन रेणु र गंगालाई झापाका विवादित एकजना व्यापारीले मिलाइदिएका थिए । नयाँदिल्ली बसाइँका क्रममा रेणु र गंगाले ‘रअ’का केही प्रतिनिधिहरूलाई भेटघाट गरेको स्रोतको दाबी छ ।
नयाँदिल्लीमा ‘रअ’ का प्रतिनिधिहरूलाई भेटेर फर्किएकी कान्छी छोरी गंगा दाहालको निवासमै पुगेर दोस्रो वरीयताका अध्यक्ष दाहालले नयाँदिल्लीको सन्देशको ब्रिफिङ लिएको नेकपाभित्र चर्चा छ ।
वर्ण मिडियाबाट ।







