चित्रकार तथा पत्रकार डिजाइनर अग्निराज पौडेललाई फरक विचार लिइएकै आधारमा ओली नेतृत्वको सरकारले गरेको गिरफ्तारलाई अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले विरोध गरेको छ ।

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्धारा जारी प्रेस विज्ञेप्तीमा व्यवसायिक चित्रकार पौडेलमाथि गरिएको यस्तो हर्कतलाई लेखक तथा पत्रकार केन्द्रले घोर भत्र्सना गरेको हो ।

साथैं चित्रकार पौडेललाई अविलम्व रिहा गर्न पनि अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले विज्ञेप्तीमार्फत अनुरोध गरेको छ ।

प्रेस विज्ञेप्तीको पूरा पाठ –

विप्लव नेतृत्वको साँस्कृतिक मोर्चाका केन्द्रीय सदस्य समेत रहेका चित्रकार तथा पत्रकार डिजाइनर अग्निराजपौडेललाई फरक विचार लिइएकै आधारमा ओली नेतृत्वको दलालले आफ्नै काम गर्ने ठाउँ काठमाडौं स्थित डिल्लीबाट गिरफ्तार गरी डेरामा पुगेर खानतलासी लिने र परिवारजनलाई समेत आतंकित र त्रसित पार्ने फासीवादी हर्कतप्रति हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक त पत्रकार केन्द्र घोरविरोध र भत्र्सना गर्दछ ।
हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र माक्र्सवादी चिन्तन र विचार राख्न पाउने र राजनीतिक संगठनप्रति समर्थन जनाउन पाउने संवैधानिक हक-अधिकार समेतलाई कुल्चेर दलाल सरकारले जसरी लेखक, साहित्यकार, साँस्कृतिककर्मि एवं पेशाकर्मिहरुलाई जसरी गिरफ्तार गर्ने, मानसिक यातना दिने र जुन तानाशाही रवैया प्रदर्शन गरेको छ, यस प्रकारको निन्दनीय तथा फासीवादी दमनलाई तुरुन्त बन्द गरि गैर कानुनी ढंगले गिरफ्तार गरिनु भएका चित्रकार, पत्र पत्रिका डिजाइनर एवं साँस्कृतिककर्मि अग्निराज पौडेललाई तुरुन्त विनासर्त रिहा गर्न जोडदार रुपमा माग गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित ।

मिति : ३ नोभेम्बर २०२०

( हस्तबहादुर केसी)
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यालय , काठमाडौं , नेपाल

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार