पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीता महराको उपचारका क्रममा निधन भएको छ।

महरा पत्नी सीतालाई श्वासप्रश्वासमा समस्या देखिएपछि पाँचदिन पहिले दाङबाट हेलिकप्टर चार्टड गरेर काठमाडौं ल्याइएको थियो।

उनको आज विहान काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको छ । उनको नर्भिकको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ पुगेको बेला स्वास्थ्यमा समस्या देखिन सुरु भएपछि सुरुमा दाङमै उपचारको प्रयास गरिएको पारिवारिक श्रोतले जनाएको छ । निमोनिया र कोरोना संंक्रमण नर्भिकमै पुष्टि भएको हो ।

स्मरणरहोस् माओवादी जनयुद्ध शुरु भएपछि शुरुदेखि जनयुद्धमा सपरिवार युद्धमा सहभागी भएको थियो ।

सीता महराले पति कृष्ण महरा अगाडि नैं भूमिगत हुँदा साना छोराछोरीलाई संरक्षण गर्ने गरेकी थिइन । पछि पुलिस प्रशासनका कारण उनीपनि जनयुद्धमा भूमिगत हुन बाध्य भएकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार