भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेका हुन् । उनी अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । साथै, उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्नेछन् ।

फर्किने दिन शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।

नेपालका प्रगतिशील लेखक, साहित्यकारहरुले भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणलाई तीव्र रुपमा घोर भत्र्सना गरेका छन् ।

प्रगतिशील लेखक, साहित्यकारहरुद्धारा जारी विज्ञेप्तीको पूरा पाठसहित –

भारतद्वारा जबर्जस्ती आफ्नो नक्सामा समावेश गरिएको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपाली जनताको व्यापक दवावपश्चात् नेपालको नक्सामा समावेश गरेको नेपाल सरकारले आफ्नो भूमि नक्सामा मात्र नभई यथार्थमै अधिकारमा लिने थप पहल र पैरवी गर्नु पर्ने बेलामा नयाँ नक्साबारे नयाँ पुस्ताका विद्यार्थीहरूका निम्ति तयार पारेको पाठ्यपुस्तक वितरणमा रोक लगाएर उल्टो काम ग¥यो । त्यति मात्र होइन, प्रधानमन्त्रीले दसैँ सन्देश प्रसार गर्दा प्रदर्शित पुरानो नक्सायुक्त निसानको प्रयोग समेतले अहिलेको सरकार छली राष्ट्रवादको अभ्यासमा लिप्त रही मुलुकको सार्वभौमिकतालाई सत्तास्वार्थसँग विनिमय गर्न लागिरहेको बोध हुन थालेको छ ।

आफ्नै देशका समेत प्रतिनिधि संलग्न रहेको ईपीजीले तयार पारेको द्विदेशीय सम्बन्धका विवाद र समाधान सम्बन्धी प्रतिवेदन वर्षदिन बितिसक्दा पनि बुझ्न अस्वीकार गर्ने दम्भी भारतीय नेतृत्वका सामु यो सरकार फेरि घुँडा टेक्दै जान थालेको दृश्य शृङ्खलाबद्ध रूपमा देखा पर्न थालेको छन् । पदीय मर्यादासमेत ख्याल नगरेर नेपालका प्रधानमन्त्रीले नेपाल र नेपालीहरूको नै अपमान हुनेगरी भारतीय गुप्तचर संस्था रअको प्रमुख सामन्त गोयलसँग रहस्यमय वार्ता गर्नु र हुँदा हुँदै नेपालको अर्को छिमेकी मुलुकलाई अनाहकमा मुछेर तथा नेपाललाई होच्याएर दुर्वचन बोल्ने भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपालमा निम्ता गरेर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान दिने तयारी आपत्तिजनक छ ।

सहअस्तित्व अस्वीकार गर्ने हेपाहा प्रवृत्तिलाई सम्मान गर्नु भनेको स्वयम् अपमानित हुनु हो । उनले बोलेको दुर्वचन फिर्ता नलिएसम्म नरवणेको नेपाल भ्रमण रद्द गरियोस् । भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ अध्यक्षको सम्मान दिने कार्य अन्त्य गरियोस् तथा भारतीय सेनामा नेपाली युवाहरूलाई लैजाने गोर्खा भर्ती केन्द्रसमेत सदाका लागि बन्द गरियोस् भनी हामी तपसीलका लेखक, प्राध्यापक तथा सांस्कृतिक कर्मीहरूले नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ ।

२०७७ कार्तिक १६

१। निनु चापागाईं
२। प्रा। डा। जगदीश चन्द्र भण्डारी
३। रोशन जनकपुरी
४। इस्माली
५। आहुति
६। डा। कृष्णराज अधिकारी
७। नवीन विभास
८। प्रा। डा। नन्दीश अधिकारी
९। हीरामणि दुःखी
१०। खेम थपलिया
११। निभा शाह
१२। कर्णबहादुर थापा
१३। कुमार थापा
१४। प्रा। श्रीधर अधिकारी
१५। डा। रामप्रसाद ज्ञवाली
१६। लोकराज रेग्मी
१७। तक्मा के। सी।
१८। मोदनाथ मरहट्टा
१९। विष्णु भण्डारी
२०। बलराम तिमिल्सिना
२१। सङ्गीत स्रोता
२२। विनोदविक्रम के। सी।
२३। राजु स्याङ्तान
२४। डा। सुकुम शर्मा
२५। यादवराज उपाध्याय
२६। प्रा।डा। ताराकान्त पाण्डेय
२७। परशुराम कोइराला
२८। नुमराज बराल
२९। पोषराज पौडेल
३०। भीम रानाभाट
३१। सीता शर्मा
३२। गौरी दाहाल
३३। शोभा दुलाल
३४। राजेश बान्तवा
३५। डा। विदुर वस्ती
३६। प्रभात सापकोटा
३७। पूर्णबहादुर अधिकारी
३८। छायादत्त न्यौपाने
३९। देवेन्द्र लम्साल
४०। रविकिरण निर्जीव
४१। ईश्वरी ओझा
४२। अनिल श्रेष्ठ
४३। हुकुमबहादुर सिंह
४४। उमेश आचार्य
४५। कल्पना चिलुवाल
४६। कृष्णहरि भट्ट
४७। सूर्य भट्टराई
४८। पञ्चकुमारी परियार
४९। विष्णु न्यौपाने
५०। वसन्त बोगटी
५१। असल पाख्रिन
५२। जय दाहाल
५३। इन्द्र राउत
५४। सुनिता बुढाथोकी
५५। चित्रनारायण थारू
५६। नारायण मरासिनी
५७। बन्दना ढकाल
५८। शीला योगी
५९। खगेश्वर भण्डारी
६०। प्रकाश खनाल
६१। कमल निओल
६२। राजेन्द्र पौडेल
६३। सिर्जना ढकाल
६४। इन्दिरा अधिकारी
६५। ईश्वरी गुरागाई
६६। विष्णु नेम्बाङ्
६७। खोमा तरामु मगर
६८।कला अनुरागी
६९। शकुन्तला जोशी
७०। विकास लुङ्गेली
७१। काजी गाउँले
७२। घनश्याम शर्मा पौडेल
७३। केदार श्रेष्ठ
७४। शैलज पौडेल
७५। प्रतिमा पोखरेल
७६। रेशम विरही
७७ गोपालबाबु मरहट्टा
७८। शरद पौडेल
७९। अर्जुन ढकाल
८०। राजेन्द्र घायल
८१। सुरज उपाध्याय
८२। कुशल बोगटी
८३। अशोक सुवेदी
८४। सरल माझी
८५। आरोह नेपाली
८६। लम्जेल सङ्घर्षशील
८७। मुक्तान थेबा
८८। अग्निराज पौडेल
८९। विमला चन्द
९०। ढुण्डीराज अधिकारी
९१। केशाङ लामा
९२। विजय पोखरेल
९३। मित्रलाल पंज्ञानी

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार