सत्ताधारी नेकपामा पहिलो अध्यक्ष केपी ओली प्रचण्डसँगको साईनो, सम्बन्ध र सहकार्य तोडेर ओली एक्लै अघि बढ्ने तहसम्ममा पुगेका छन् ।

यसको लागि उनले पार्टीभित्रैबाट भरपर्दो सारथी खोजिरहेका छन् । यो बीचमा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई फकाउने प्रयास गरिरहेका छन् ।

ओलीले नेता नेपाललाई आगामी महाधिवेशनमा पार्टीको अध्यक्ष बन्नेगरि आफूलाई तयारीका साथ होम्मिन सुझाएको स्रोतको दाबी छ । नेता नेपाललाई फकाउनको लागि ओलीले तत्कालिन नेकपा एमालेका प्रभवशाली तथा पूराना नेता प्रदिप नेपालको साथ खोजेका थिए ।

नेता नेपालकै आग्रहमा माधव नेपालले एकपटक ओलीलाई साथ दिने विचार गरेको पनि स्रोतको दाबी छ । ओलीको तर्फबाट नेता नेपालसँग वार्ता तथा छलफल गर्न धेरै नेताहरु कोटेश्वर पुगिसकेका छन् । ओली पक्षले पूर्व एमालेहरु एक भएर अघि बढ्नुपर्ने र त्यसको लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल मिलेरै अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

तर, नेपाल पक्ष भने अझैपनि ओलीको प्रस्तावमा सकारात्मक भैसकेको छैन् । नेता नेपाल यतिवेला पर्ख र हेरको अवस्थामा छन् । पूर्व एमाले एक हुँदापनि पूर्व माओवादीका प्रभावशाली धेरै नेताहरुको साथ आफूलाई नै हुने र आफूहरुसँग आउने ओलीको बुझाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार