२०५७ साल माघ २७ बाट फाल्गुन १ गते सम्म भारतको पन्जावमा नेकपा (माओवादी) को दोस्रो रास्ट्रीय सम्मेलन भयो ।

ईतिहासको समिक्षा गर्दै , बिचारम संश्लेषण गर्दै, जनमुक्ति सेना र आधार ईलाका बलियो बनाउने मुख्य बिसयमा विषयान्तर गर्दै, संविधान सभाको कार्यनीति अगाडि आउँदा, क्रान्तिकारी नेताहरु समेत उद्देलित भए, त्यतिबेलाका प्रभाकरले समेत पार्टी ‘रअ’ को कब्जामा गएको संकेत गर्दै निरासा व्यक्त गरेका थिए । सेना पार्टी र मोर्चा सबै राखेर शक्तिशाली बनेका प्रचण्डले घाँटी निमोठ्न लागेपछि घुडा टेकेर रोएको कुरा खुलेको थियो ।

बुर्जुवा, सामान्ती संसदीय सत्ता बिरुद्ध छेडिएको जनयुद्ध प्रतिक्रियावादी कित्तामा पुगेका बाबुरामले प्रचण्डलाई आफूसङ्गै सतिको चित्तामा चढाएको त्यो दिन, कालो दिन थियो, यतिबेला सम्म तेस्रो तहमा पुगेका बैध-बाबुराम र प्रचण्डको आआफ्नै फरक मतले आन्दोलन त्रिवेणी भैसकेको थियो ।

२०५५ सालको चौथो बिस्तारीत बैठकमा प्रचण्डको फोटो सार्बजनिक गर्ने कि नगर्ने भन्ने छलफल समेत भयो त्यतिबेला प्रचण्डपथबारे सामुहिक नेतृत्व छोडेर केन्द्रीकरण नेतृत्वको संश्लेषण गर्न मानेका बाबुरामको दाउ पुरा भैसकेको थियो, लामो समयदेखि धमिलो उनीहरुको सम्बन्ध फेरि सुधार भयो ।

बाबुरामले भारतका बुद्धिजीवी एसडी मुनिसङ्ग भेटेर प्रचण्डको सल्लाह अनुसार संसदीय व्यवस्थामा पार्टी सेफ ल्यान्डिङ गर्नेबारे सरसल्लाह समेत गरे, सल्लाह बमोजिम दरवार र एमाले कांग्रेससँग समेत भेटेर नयाँ समझदारी बनाए ।

यसले नै २१ औं सताब्दीको जनवाद, जननियन्त्रीत सत्ता, जननियन्त्रीत पार्टी, जननियन्त्रीत सेनाको मान्यता अन्त्य भयो ।

२०६२ सालमा चुनबाङ्ग बैठक भयो, लोकतन्त्रलाई बुर्जुवा कार्यनीति भन्ने प्रचण्ड नै त्यसका प्रस्ताबक बने जो भारतीयहरुले दिएको सब्दावली प्रयोग गरेर बाबुरामले पहिले नै लेखमा प्रकाशित गरेका थिए ।

एउटा खुट्टा क्रान्ति र अर्को खुट्टा सहमतिमा रास्ट्रीय सरकारको प्रस्तावमा टेकेका प्रचण्डलाई बाबुरामको जासुसी सूचना ‘रअ’सम्म पुर्याएर दरवार हत्याकाण्ड भयो, यसको बारेमा बाबुराम र प्रचण्डलाई पुरा कथा थाहा छ, प्रचण्डको रास्ट्रपति कार्डले खाराको लडाइँ पराजित भएलगत्तै लोकतन्त्रमा दलिएको रातो रङ्ग, भारतले कित्ताकाट गरेको संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा परिभाषित हुन पुग्यो र ‘जनवादी गणतन्त्र’ को घाँटी प्रचण्डकै हातबाट निमोठ्न लगाईयो ।

नरोदम सिंहानुकसम्म प्रचण्ड पुग्नुको एउटै कुरा थियो जसरी मिलाएर भएपनी सरकारमा जाने ।

यो सबै भ्यो पाएका बाबुरामले प्रचण्डले भनेअनुसार कहिले दरवारसङ्ग र मधेसवादीसङ्ग मोर्चा कसेर सरकार बनाउने छलफल गर्न सम्म भ्याए, सत्ता लोलुपताबाट प्रेरित प्रचण्डले पछिल्लो फौजी कारबाही कम्जोर र पराजय भोग्ने किसिमले निर्देशन गरे ।

अन्तत , संसदवादी दलहरु र रअ मिलेर समझदारी बन्यो, सिटौलाले लिएर आएको हेलिकप्टरले प्रचण्ड-बाबुरामलाई बालुवाटार झार्यो, तामझामसहित प्रचण्ड -बाबुराम सार्बजनिक भए, प्रचण्ड हेर्न टिभीमा भिड लागेका नेपाली जनताले जनयुद्धको आजसम्म पनि कुनै उपलब्धि चाख्न पाएनन् ।

बलिदान दिने सहिद परिवार र अङ्गभङ्ग शरिर बोकेर बसेका योद्धाहरुका आँखामा आँसु बाहेक केही पाएनन्, आशा र भरोसा बोकेका जनता निरीह बन्न पर्यो, प्रचण्ड बिलासिताको संसदीय व्यवस्थामा कहिले ननिसक्ने गरि डुबे, क्रान्तिकारीहरुले लाल गद्दार घोषणा गरेर क्रान्तिको झन्डा उठाएका छन् ।

पहिलो संविधान ९०५ लेखिएको भनियो झुक्याएर बाबुरामले विघटन गराए, देशको ढुकुटी सकियो, दोस्रो संविधान सभाले बनाएको भनिएको संविधान भारतीयहरुले पठाएका मुलभुत कुरा रहेपनी खेस्रा मेस्रा गरेर जारी गर्दा तालमेल नमिलेर, भारतियहरुको असन्तुष्ट समेत नै बाहिरियो ।

नागरिकले अशान्ति र युद्धले वाक्क भएपछि केहि आशावादी मतदाताले सुशासन, बिकास र समृद्धि पाईएलाकी भनेर चुनावबाट झन्डै दुईतिहाई मत दिए तर भरोसा गर्न लायक समेत नरेहेका शक्ति आर्जन गर्न एकता गरेको गठबन्धन सरकारको भ्रष्टाचार, बेथिति र बेरुजु देखेर विकल्पसहित राजनीतिक शक्तिको आशा गरेका जनताले राजनीतिक मैदान नै खाली देख्न थालेपछि निरासा छायको महसुस गर्न थालेका छन् ।

वैदेशिक हस्तक्षेप र परिचालित राजनीतिक दलहरूको अतिवाद बिरुद्ध स्वतस्फूर्त उठ्ने अबको आन्दोलन स्वचालित सङ्गठन, दल र सहि नेतृत्वको हातमा पुगे मात्रै अबको आन्दोलनको उपलब्धि नगुम्ने देखिन्छ, सबै रास्ट्रप्रेमी नेपाली मिलेर अबको स्वाधीनताको आन्दोलन उठाउनुछ र स्वाधीन सत्ता निर्माण गर्नुछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार